जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता: ज्ञानेन्द्र शाही
२६ चैत, काठमाडौँ-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जडिबुटी प्रशोधन केन्द्रमा माओवादी केन्द्रका कार्यकर्ताहरूले आगो लगाएको आरोप लगाएका छन्। राप्रपाले बल्खुमा मंगलबार गरेको आमसभामा बोल्दै शाहीले जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता भएको पुष्टि भएको दाबी गरेका हुन्।
उनले भने, ‘राजावादीले हिंसा गरे रे, अहिले प्रमाणित भयो- जडिबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको पुष्टि भएको छ।’ शाहीले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई झुठा मुद्दा लगाएर थुनिएको बताउँदै तत्काल छाड्न पनि माग गरेका छन्। उनले भने, ‘सरकारलाई अपिल गर्न चाहन्छु, झुठा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस्, झुठा मुद्दा तत्काल फिर्ता गरियोस्।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment