Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन   

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
३९ पटक हेरिएको
Shares
संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन   

सारांश

  •      स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गर्नुभएको छ ।
  • त्यस अवसरमा मन्त्री पौडेलले पछिल्ला तीन दशकमा नेपालले मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताउनुभयो ।
  • दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र किशोरावस्थाको जन्मदरमा कमी तथा बालविवाह घटाउनसमेत नेपालले सफलता पाएको मन्त्री पौडेलले बताउनुभयो ।

२६ चैत, काठमाडौँ ।    

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गर्नुभएको छ । त्यस अवसरमा मन्त्री पौडेलले पछिल्ला तीन दशकमा नेपालले मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताउनुभयो । दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र किशोरावस्थाको जन्मदरमा कमी तथा बालविवाह घटाउनसमेत नेपालले सफलता पाएको मन्त्री पौडेलले बताउनुभयो ।

“नेपाल आफ्नो स्वास्थ्य प्रणाली सबल बनाएर हरेक नागरिकलाई स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध छ”, मन्त्री पौडेलले भन्नुभयो, “तर, यो हामी एक्लैले मात्र गर्न सम्भव छैन ।” उहाँले अन्तरराष्ट्रिय सहकार्य र ऐक्यबद्धताबाट मात्र सम्भव रहेकामा जोड दिनुभयो । स्वास्थ्य क्षेत्रमा बजेटको सीमितता तथा प्रतिव्यक्ति स्वास्थ्य खर्च विश्वव्यापी दरका तुलनामा कम भएका कारण ग्रामीण क्षेत्रमा पर्याप्त पूर्वाधार विकास तथा स्वास्थ्य संस्थाको कमी हुनाले स्वास्थ्य पहुँचमा कठिनाइ भोग्नु परेको मन्त्री पौडेलको भनाइ थियो ।


जलवायु परिवर्तनका कारण नेपालको स्वास्थ्य क्षेत्रले कठिनाइ बेहोर्नु परेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको निजी सचिवालयका अनुसार विकास सहायतामा कमीका कारण नेपालजस्ता देशले चुनौतीको सामना गर्नुपरिरहेको उहाँले बताउनुभयो । “यो समस्या सम्बोधन गर्न हामी नेपाललाई विकास सहायता वृद्धिका लागि विशेष जोड दिन्छौँ”, मन्त्री पौडेलले भन्नुभयो । निजी क्षेत्रको पनि स्वस्थ्य क्षेत्रमा लगानी वृद्धि जरुरी रहेकामा मन्त्री पौडेलले जोड दिनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी ह*त्यामा संलग्न रहेको आरोपमा २ जना नाबालकविरुद्ध मुद्दा दायर
प्रहरी ह*त्यामा संलग्न रहेको आरोपमा २ जना नाबालकविरुद्ध मुद्दा दायर
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
रुपन्देहीमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ जना घाइते
रुपन्देहीमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ जना घाइते
अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा
अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा
प्रहरीको ‘कर्डन एण्ड स्विप अप्रसेन’बाट लागु औषधसहित १० जना पक्राउ
प्रहरीको ‘कर्डन एण्ड स्विप अप्रसेन’बाट लागु औषधसहित १० जना पक्राउ
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन
स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन
आजको मौसम: कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
आजको मौसम: कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार यात्रुको मृत्यु
ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार यात्रुको मृत्यु
अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल
अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल