एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
३२ पटक हेरिएको
Shares
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने

सारांश

  • पार्टीले घटनाको निष्पक्ष छानबिन गरी त्यसमा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिने उद्देश्यले विरोध प्रदर्शन एवं सभा गर्लागिएको हो ।
  • पार्टी मातहतका कमिटीले देशभरका पालिका, वडा तह, प्रदेश, क्षेत्रमा विरोध प्रदर्शनको कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
  • घटनाबाट पार्टीमा पुगेको क्षति विवरण सङ्कलन गर्न केन्द्रीय उपमहासचिव रामकुमार भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
 २३ चैतः काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टीमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गर्दै यही चैत २५ गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने भएको छ । पार्टीले घटनाको निष्पक्ष छानबिन गरी त्यसमा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिने उद्देश्यले विरोध प्रदर्शन एवं सभा गर्लागिएको हो ।
पार्टी मातहतका कमिटीले देशभरका पालिका, वडा तह, प्रदेश, क्षेत्रमा विरोध प्रदर्शनको कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो । घटनाबाट पार्टीमा पुगेको क्षति विवरण सङ्कलन गर्न केन्द्रीय उपमहासचिव रामकुमार भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, अन्तरराष्ट्रिय परिस्थितिबारे जनतालाई सुसूचित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि मुलुकमा सुशासन, रोजगारी, समृद्धिलगायत विषयमा देशभर राजनीतिक सभा गर्ने कार्यसूची छ ।  पार्टीले सङ्गठन सुदृढीकरणका लागि जनताको आर्थिक तथा सामाजिक न्यायको अवस्था अध्ययन गरी उनीहरुको गरिबी निवारण, सुशासन, जनजीविका केन्द्रित आन्दोलनका कार्यक्रम बनाएको छ ।
मुलुकमा राजनीतिक आडमा भएका विकृतिबारे भण्डाफोरको प्रस्ट पारिने छ । पार्टीका सम्बन्धित कमिटीले सरोकार पक्षसँग सार्वजनिक रूपमा छलफल गरी उनीहरुको सुझाव सल्लाह लिएर पार्टीले अवलम्बन गरेको समाजवादी कार्यक्रमलाई परिमार्जन गरिने जनाइएको छ । राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणालि सुधार गर्ने, जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समाजवादी कार्यक्रम कार्यान्वयन गर्ने विषयमा जनस्तरबाट आएका सुझाव समावेश गरिनेछ । पार्टीले यही चैत २ देखि आगामी वैशाख २२ गतेसम्म सञ्चालन गरेको अभियान जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
जनकपुरमा लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए
जनकपुरमा लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए
सरकारको औचित्य पूर्ण रुपमा सकियो : कांग्रेस नेता कोइराला
सरकारको औचित्य पूर्ण रुपमा सकियो : कांग्रेस नेता कोइराला
सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप, दुई गुटबीच विवाद
सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप, दुई गुटबीच विवाद
विपक्षी दलहरूको बैठक जारी
विपक्षी दलहरूको बैठक जारी
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि छान्न आज देशभर चुनाव
एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि छान्न आज देशभर चुनाव
मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु