रौतहटबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरकोमा दुर्घटना, १० जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
४७ पटक हेरिएको
Shares
रौतहटबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरकोमा दुर्घटना, १० जना घाइते

सारांश

  • राैतहटकाे गाैरबाट काठमाडाैं जाँदै गरेकाे जिप मकवानपुरकाे उत्तरी क्षेत्रस्थित इन्द्रसराेबर गाउँपालिकास्थित बतासेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
  • इन्द्रसरोवर गाउँपालिका-२ बतासेस्थित भीमफेदी-कुलेखानी-सिस्नेरी काठमाडौं सडक खण्डमा आज बुधबार दिउँसो ना१ज ५४८५ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खाेल्सामा खसेकाे हाे ।
  • दुर्घटनामा परी ३ जना यात्रु गम्भीर घाइते भएकाे मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

 

२० चैत, हेटाैंडा ।

राैतहटकाे गाैरबाट काठमाडाैं जाँदै गरेकाे जिप मकवानपुरकाे उत्तरी क्षेत्रस्थित इन्द्रसराेबर गाउँपालिकास्थित बतासेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका-२ बतासेस्थित भीमफेदी-कुलेखानी-सिस्नेरी काठमाडौं सडक खण्डमा आज बुधबार दिउँसो ना१ज ५४८५ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खाेल्सामा खसेकाे हाे ।

दुर्घटनामा परी ३ जना यात्रु गम्भीर घाइते भएकाे मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा १ जना घाइतेकाे अवस्था मध्यम, ५ जना घाइतेकाे अवस्था सामान्य रहेको डिएसपी अर्यालले बताए । उपचारका लागि काठमाडाैं पठाइएका घाइतेहरूकाे पहिचान हुन बाँकी रहेकाे उनले जनाए । जिप चालक प्रहरी चाैकी खानीखेतकाे सम्पर्कमा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?