शेयरबजारमा हरियाली, २७ सय नाघ्यो नेप्से
२० चैत, काठमाडौं ।
शेयरबजारमा बुधबार हरियाली छाएको छ । यस दिन बजारमापक परिसूचक नेप्से २५.३१ अंक बढेर २७०१.४८ को बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १ सय ६६ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
बुधबार विशाल बजार कम्पनी लिमिटेड र सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, बोटलर्स नेपालको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यस दिन ५ अर्ब ४४ करोड ४४ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment