यसका लागि काट्जले प्यालेस्टिनीहरूलाई ठूलो मात्रामा क्षेत्रबाट बाहिर निकाल्नु पर्ने आवश्यकतामा जोड दिँदै हमासलाई समाप्त पार्न मानिसहरूलाई अपिल गरेका छन्। उनले इजरायली बन्धक रिहाइका लागि आग्रह गर्दै यो नै युद्ध अन्त्य गर्ने एक मात्र तरिका भएको बताए। इजरायली सेनाले राति रफाहमा स्थलगत कारबाही सुरु गरेको रिपोर्ट आएको छ। ५९ जना इजरायली बन्धक रिहा गर्ने र शान्ति सम्झौता अगाडि बढाउने नयाँ अमेरिकी प्रस्ताव हमासले अस्वीकार गरेको आरोप लगाउँदै इजरायलले मार्च १८ मा गाजामा पुनः बमबारी गरिरहेको छ।

उता हमासले चाहिँ इजरायलले जनवरीमा भएको शान्ति सम्झौता तोडेको आरोप लगाएको छ। इजरायलले मार्च २ मा गाजामा सहायता आपूर्ति बन्द गरेपछि अवस्था झनै बिग्रिएको छ। गत महिना आठ प्यालेस्टिनी स्वास्थ्यकर्मी, छ नागरिक रक्षा कर्मचारी र एक संयुक्त राष्ट्र संघ कर्मचारीको मृत्युपछि संयुक्त राष्ट्र संघले गाजामा आफ्नो गतिविधिमा कटौतीको घोषणा गरेको छ।

Post Comment