पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
३६ पटक हेरिएको
Shares
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु

सारांश

  • नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमणका विरुद्ध मंगलबार मन्थलीमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
  • रामेछाप शाखाका अध्यक्ष दीपककुमार घिमिरेको अध्यक्षता र महासंघका केन्द्रीय सदस्य नवराज पथिकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी पत्रकारहरूले घटनामा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।
  • कार्यक्रममा केन्द्रीय सदस्य पथिकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गरी सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन माग गरे ।

१९ चैत, रामेछाप ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमणका विरुद्ध मंगलबार मन्थलीमा अन्तरक्रिया कार्यक्रम गरेको छ । रामेछाप शाखाका अध्यक्ष दीपककुमार घिमिरेको अध्यक्षता र महासंघका केन्द्रीय सदस्य नवराज पथिकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी पत्रकारहरूले घटनामा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य पथिकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गरी सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन माग गरे । सो घटना गराएर प्रतिगमनकारीले पत्रकारको मनोवल गिराउने प्रयत्न गरेका उनको भनाइ छ । सो घटनामा संलग्नलाई कारबाही नगर्ने हो भने अन्य पत्रकारले पनि सुरक्षित भएर काम गर्ने वातावरण नबन्ने उनले बताए ।

पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरे, पूर्वअध्यक्षहरु रमेश ढुङ्गेल, टिका प्रसाद भट्ट, हिमाल ढुङ्गेललगायतले पत्रकारको हत्या र सञ्चामाध्यम माथि तोडफोड भएका घटनाको गहिरो अनुसन्धान गरी घटनामा संलग्नलाई हदैसम्मको सजाय हुनुपर्ने माग राखे ।  पत्रकारहरुले आन्दोलनका नाममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याई क्षति पुर्याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउनुपर्ने  उनीहरुको माग छ ।

पत्रकार महासंघ रामेछापका अध्यक्ष घिमिरेले घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्यउन सबै क्षेत्रबाट दबाब दिनुपर्ने बताए । यस्ता घटना गराउनेहरु उत्साहित हुँदा अराजकता बढ्दै जाने उनको धारणा छ । कार्यक्रममा प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठ, प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विक लगायतका पत्रकारहरूले काममा खटिएको पत्रकारको हत्या दुखद भएको बताए । यस्ता घटना फेरि दोहोरिन नदिन अहिलेका घटनामा संलग्नलाई कारबाही हुने पर्ने उनीहरुको माग छ ।

यसै बिच हत्या गरिएका पत्रकार रजकका परिवारलाई सहयोगको लागि रामेछापका पत्रकारहरुले सहयोग संकलन गर्न सुरु गरेका छन् । पत्रकारहरुका बिचबाट सहयोग संकलन गरी पीडित परिवारलाई दिनको लागि सहयोग संकलन सुरु गरिएको नेपाल पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए । आज अन्तरक्रियामा भेला भएको पत्रकार मध्यबाट १५ हजार रुपैँयाभन्दा बढी रकम संकलन भइसकेको श्रेष्ठले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदीको एक कम्पनी बन्द हुँदा ४ सय ६९ जना नेपाली अलपत्र
साउदीको एक कम्पनी बन्द हुँदा ४ सय ६९ जना नेपाली अलपत्र
डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी
डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी
च्यासलबाट सरकारका प्रवक्ताले भने- देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ
च्यासलबाट सरकारका प्रवक्ताले भने- देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ
कैलालीमा चरेश र हिरोइनसिहत ५ जना पक्राउ
कैलालीमा चरेश र हिरोइनसिहत ५ जना पक्राउ
रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ
रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ
महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै
महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै
२४ अंकले घट्यो नेप्से, ११ अर्ब २३ करोडको कारोबार
२४ अंकले घट्यो नेप्से, ११ अर्ब २३ करोडको कारोबार
बैंकक उडिन् विद्या भण्डारी, विदाइमा विमानस्थल पुगे एमाले नेता
बैंकक उडिन् विद्या भण्डारी, विदाइमा विमानस्थल पुगे एमाले नेता
डेडिकेटेड र ट्रंकलाइन विवादमा उच्चस्तरीय आयोग गठन गर्न महासंघको माग
डेडिकेटेड र ट्रंकलाइन विवादमा उच्चस्तरीय आयोग गठन गर्न महासंघको माग
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’