Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १५, २०८०
|
|
४१ पटक हेरिएको
Shares
जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा

सारांश

  • शंकास्पद प्रमाणपत्र पेश गरी नेपाली कामदारलाई जापान पठाउने १४ मेनपावर कम्पनी निलम्बनमा परेका छन् ।
  • वैदेशिक रोजगार विभागले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाउने व्यवसायीको लाइसेन्स निलम्बन गरेको हो ।
  • त्यसका लागि केही महिना अगाडि विभागमा उजुरी परेको थियो ।

१५ असोज, काठमाडौँ । शंकास्पद प्रमाणपत्र पेश गरी नेपाली कामदारलाई जापान पठाउने १४ मेनपावर कम्पनी निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाउने व्यवसायीको लाइसेन्स निलम्बन गरेको हो ।

त्यसका लागि केही महिना अगाडि विभागमा उजुरी परेको थियो । यसमा प्रारम्भिक अनुसन्धान गर्दा ती मेनपावरको संलग्नता देखिएको भन्दै विभागले निलम्बन गरेर थप अनुसन्धान थालेको हो ।  वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम निलम्बन गरी थप अनुसन्धान गर्ने र अन्य संस्थाको हकमा अनुसन्धान जारी राख्ने निर्णय गरिएको विभागले जनाएको छ ।

त्यसरी निलम्बनमा पर्नेहरूमा गुड लाइफ इन्टरनेशनल इम्प्लोमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल, रोयल ओभरसिज, जब्स ग्लोबल, लायन्स इन्टरनेशनल लगायतका १४ वटा मेनपावर कम्पनी रहेका छन् ।  विभागका महानिर्देशक मदन दाहालले जापानमा कामदार लैजानका लागि उनीहरूले नक्कली कागजात पेश गरेका थिए । २०७६ सालदेखि केही वर्षभित्रमा यस्तो खालको शंकास्पद कागजात पेश गरेको पाइएको उनीहरूमाथि थप अनुसन्धान जारी रहेको उनको भनाई छ ।

यो विषयमा विभागमा गत असारमा नै उजुरी परेको थियो । उजुरी परेकामध्ये केहीको प्रमाण पुगेपछि उनीहरूले सफाइ पाएका थिए । प्रमाण नपुगेकाहरूको हकमा निलम्बन गरेर थप अनुसन्धान गर्न लागिएको महानिर्देशक दाहालले बताए ।  जापानका कामदार भिसामा पठाउनको लागि भन्दै ती मेनपावर व्यवसायीले तालिम लिएको नक्कली प्रमाणपत्र पेश गरेका थिए । यो विषयमा विभागमा उजुरी परेपछि विभागका निर्देशक कविराज उप्रेतीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिको छानबिनको निष्कर्षको आधारमा विभागले निलम्बन गरेर थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी पक्राउ
स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी पक्राउ
सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत
सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत
प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 
प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
लहानमा उल्टो गङ्गा : जसले लुटे, उनैले फिर्ता गर्दैछन् चामल र चिनी !
लहानमा उल्टो गङ्गा : जसले लुटे, उनैले फिर्ता गर्दैछन् चामल र चिनी !
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस
पाल्पामा यार्सागुम्बा भेटिएको स्थानमा प्रवेश निषेध
पाल्पामा यार्सागुम्बा भेटिएको स्थानमा प्रवेश निषेध
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना