भारतीय प्रधानमन्त्री मोदीको निजी सचिवमा निधि तिवारी नियुक्त
भारतीय विदेश सेवा (आईएफएस) की अधिकारी निधि तिवारीलाई प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिवमा नियुक्त गरिएको छ। कर्मचारी तथा तालिम विभाग (डीओपीटी) ले नियुक्तिको जानकारी सार्वजनिक गरेको हो।
डीओपीटीले जारी गरेको विज्ञप्तिअनुसार निधि तिवारी २०१४ ब्याचकी भारतीय विदेश सेवा (आईएफएस) अधिकारी हुन्। उनी यसअघि प्रधानमन्त्री कार्यालय (पीएमओ) मै उपसचिवका रूपमा कार्यरत थिइन्। भारतीय मन्त्रिपरिषद्को नियुक्ति समितिले निधि तिवारीको नियुक्तिलाई अनुमोदन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment