राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने

सारांश

  • १७ चैत,  नेकपा (एकीकृत समाजवादी) ले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त गर्दै चैत २५ गतेभित्र देशभर भण्डाफोर र प्रदर्शन गर्ने निर्णय गरेको छ ।
  • शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी स्थायी कमिटीको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यावपी रुपमा भण्डाफो र विरोध गर्ने निर्णय गरेको हो ।
  • आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी केन्द्रिय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानूनी कारबाही माग गर्ने निर्णय भएको समेत जानकारी दिए ।

१७ चैत, काठमाडौं ।

१७ चैत,  नेकपा (एकीकृत समाजवादी) ले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त गर्दै चैत २५ गतेभित्र देशभर भण्डाफोर र प्रदर्शन गर्ने निर्णय गरेको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी स्थायी कमिटीको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यावपी रुपमा भण्डाफो र विरोध गर्ने निर्णय गरेको हो । आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी केन्द्रिय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानूनी कारबाही माग गर्ने निर्णय भएको समेत जानकारी दिए ।

उनकाअनुसार बैठकले अराजकतावादीहरूको प्रदर्शनमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर हत्या, हिंसा, आगजनी, तोडफोड, लुटपाट नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी भएको ठहर गरेको छ । उहाँले प्रदर्शनका क्रममा मृत्यु भएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति दिन माग समेत गरे । उनले सञ्चार गृहमाथि आक्रमण गरेर प्रस स्वतन्त्रता कुण्ठित गर्ने दुष्प्रयास गरिएको भन्दै उक्त आक्रमणप्रति पार्टीले निन्दा व्यक्त गरेको बताए । सरकारले उचित सुरक्षा व्यवस्थापन गर्न नसकेको कारण भौतिक क्षति भएको समेत पार्टीको ठहर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा
भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
मिथिलाञ्चलमा छायो चैती छठको रौनक
मिथिलाञ्चलमा छायो चैती छठको रौनक
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार
कञ्चनजंघा हिमाल आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृ*त्यु
कञ्चनजंघा हिमाल आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृ*त्यु
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
देशभर बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
देशभर बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
भिजिबिलिटी कमजोर हुँदा दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित
भिजिबिलिटी कमजोर हुँदा दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै