प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने

सारांश

  • बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराए ।
  • उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री ओली र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको पनि जानकारी दिए।
  • प्रधानमन्त्री ओलीले आइतबार नै बस्ने गरी सर्वदलीय बैठक बोलाएको पनि बर्तौलाले जानकारी दिएका छन् ।

१७ चैत, काठमाडौं-

 सभामुख देवराज घिमिरे र संसद्‍का मुख्य दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ। बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराए । उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री ओली र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको पनि जानकारी दिए।

प्रधानमन्त्री ओलीले आइतबार नै बस्ने गरी सर्वदलीय बैठक बोलाएको पनि बर्तौलाले जानकारी दिएका छन् । सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरिरहेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ । बैठकमा सभामुखले शुक्रबार दुईजनाको ज्यान जाने गरी भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा‍ छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए ।

उनले राजावादीका नाममा भएको हिंश्रक र अराजक गतिविधिसहितको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन अपिल गरे। अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा टिपरले ठक्कर दिँदा कांग्रेस नेताको मृत्यु, चालक पक्राउ
सर्लाहीमा टिपरले ठक्कर दिँदा कांग्रेस नेताको मृत्यु, चालक पक्राउ
६२ किलो लागू औषध गाँजा सहित युवक पक्राउ
६२ किलो लागू औषध गाँजा सहित युवक पक्राउ
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
आज दुई संसदीय समितिको बैठक बस्दै
आज दुई संसदीय समितिको बैठक बस्दै
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा
एक युवकको हत्यामा संलग्न १६ जना प्रहरीको नियन्त्रणमा
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन