लोकतन्त्रको विकल्प नभएको भन्दै अराजकताविरुद्ध नागरिक समाजको धर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
लोकतन्त्रको विकल्प नभएको भन्दै अराजकताविरुद्ध नागरिक समाजको धर्ना

सारांश

  • काठमाडौंको माइतीघर मण्डलामा आइतबार बिहान नागरिक समाजले अराजकता र हिंसा रोक्न माग गर्दै धर्ना दिएको छ।
  • लोकतन्त्र, मानव अधिकार र शान्तिको पक्षमा आवाज उठाउँदै उनीहरूले धर्नामार्फत अराजकता र हिंसा निरुत्साहन गर्न जोड दिएका छन्।
  • धर्नामा ‘गणतन्त्रको जग बलियो बनाऔं’, ‘अराजकता नियन्त्रण गर’, ‘आर्थिक अनियमितता र कालोबजारी रोक’, ‘समानता, न्याय र समावेशिता सुनिश्चित गर’, ‘लोकतन्त्रको रक्षा गर’, ‘नागरिक अधिकारको संरक्षण गर’, ‘निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर’, ‘मिडियामाथिको हमला बन्द गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘जनताको सुरक्षामा सम्झौता नगर’ जस्ता प्लेकार्ड र नारा देखिएका थिए।

१७ चैत, काठमाडौं  ।

काठमाडौंको माइतीघर मण्डलामा आइतबार बिहान नागरिक समाजले अराजकता र हिंसा रोक्न माग गर्दै धर्ना दिएको छ। लोकतन्त्र, मानव अधिकार र शान्तिको पक्षमा आवाज उठाउँदै उनीहरूले धर्नामार्फत अराजकता र हिंसा निरुत्साहन गर्न जोड दिएका छन्।

धर्नामा ‘गणतन्त्रको जग बलियो बनाऔं’, ‘अराजकता नियन्त्रण गर’, ‘आर्थिक अनियमितता र कालोबजारी रोक’, ‘समानता, न्याय र समावेशिता सुनिश्चित गर’, ‘लोकतन्त्रको रक्षा गर’, ‘नागरिक अधिकारको संरक्षण गर’, ‘निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर’, ‘मिडियामाथिको हमला बन्द गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘जनताको सुरक्षामा सम्झौता नगर’ जस्ता प्लेकार्ड र नारा देखिएका थिए।

धर्नामा सञ्चारकर्मीसँग कुरा गर्दै गैरसरकारी संस्था महासंघका अध्यक्ष तथा वृहत् नागरिक धर्ना अभियानका संयोजक अर्जुन भट्टराईले नेपाली जनतालाई जागृत र सशक्त भएर लोकतन्त्रको पक्षमा उभिन आग्रह गरे। पछिल्ला केही दिनका घटनालाई ‘लोकतन्त्रमा लागेको घुनपुतली’ को संज्ञा दिँदै उनले यस्ता समस्या निमिट्यान्न पार्नुपर्ने बताए।   लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको जिकिर उनको छ। उनले देशभर लोकतन्त्र बलियो बनाउन आह्वान गर्दै अहिलेका घटनाप्रति गम्भीर हुन र जनताको निराशा हटाउन सेवा प्रवाहमा सहजता ल्याउन सरकारलाई आग्रह गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यूजील्याण्डविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित
न्यूजील्याण्डविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित
आज जेठ ९ गते मंगलबार, यस्तो छ आजको राशिफल
आज जेठ ९ गते मंगलबार, यस्तो छ आजको राशिफल
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो
मधेसका मुख्यमन्त्री सिंहले दिए सुरक्षाकर्मीलाई उद्धारका लागि तयार रहन निर्देशन
मधेसका मुख्यमन्त्री सिंहले दिए सुरक्षाकर्मीलाई उद्धारका लागि तयार रहन निर्देशन
राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक
राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही
साउदीमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस् : एमाले प्रमुख सचेतक
साउदीमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस् : एमाले प्रमुख सचेतक
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
सरकारले नैतिकता गुमाइसक्यो, राजीनामा दिनु उचित हुन्छ : प्रचण्ड
सरकारले नैतिकता गुमाइसक्यो, राजीनामा दिनु उचित हुन्छ : प्रचण्ड
मलंगवा बसपार्क पुस १ देखि पुनः सञ्चालन हुने
मलंगवा बसपार्क पुस १ देखि पुनः सञ्चालन हुने