केपी ओली टी-२० क्रिकेट चैत २३ देखि

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
१९ पटक हेरिएको
Shares
केपी ओली टी-२० क्रिकेट चैत २३ देखि

सारांश

  • मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो ।
  • प्रतियोगितामा ७ प्रदेश, विभागीय, आयोजक र अन्य गरी १६ टिम सहभागी गराउने तयारी रहेको एकेडेमी अध्यक्ष ध्रुव आचार्यले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
  • ग्रासरुटबाट खेलाडी उत्पादनको उद्देश्यले यसपटक प्रदेश र विभागीयबाहेकलाई पनि प्रतियोगितामा सहभागी गराइने उनले बताए ।

 

१६ चैत,  कास्की —

केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता चैत २३ देखि ३० सम्म हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ७ प्रदेश, विभागीय, आयोजक र अन्य गरी १६ टिम सहभागी गराउने तयारी रहेको एकेडेमी अध्यक्ष ध्रुव आचार्यले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

ग्रासरुटबाट खेलाडी उत्पादनको उद्देश्यले यसपटक प्रदेश र विभागीयबाहेकलाई पनि प्रतियोगितामा सहभागी गराइने उनले बताए ।‘नवप्रतिभाको खोजी गर्ने उद्देश्यले तल्लो तहबाटै खेलाडी आओस् भनेर यसपटक फरक बनाउन खोजेका छौं,’ उनले भने, ‘पोखराकै एउटा टिम हुन पर्‍यो भन्ने माग छ । २८/२९ टिम सम्पर्कमा आएकोमा अन्तिममा १६ टिम छनोट गरिन्छ ।’ प्रतियोगिता लिग कप नकआउट प्रणालीमा संचालन हुने अध्यक्ष आचार्यले बताए । प्रतियोगिताको विजेता र उपविजेताले पाउने पुरस्कार गत वर्षभन्दा दोब्बर बनाइएको छ ।

प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । पहिलो संस्करणको विजेता मधेश प्रदेशले ५ लाख र उपविजेता त्रिभुवन आर्मी क्लबले २ लाख ५० हजार रूपैयाँ पुरस्कार पाएका थिए । म्यान अफ द सिरिजले ३० हजार, बेस्ट बलर र बेस्ट ब्याटसम्यानले २०/२० हजार रूपैयाँसहित ट्रफी पुरस्कार पाउने अध्यक्ष आचार्यले बताए । म्यान अफ द म्याचलाई ५ हजार रूपैयाँ र ट्रफी पुरस्कार राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?