म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
४५ पटक हेरिएको
Shares
म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो

सारांश

  • म्यानमारमा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा एक हजार २ जनाको मृत्यु भएको पुष्टि भएको सैन्य नेतालाई उद्धृत गर्दै जनाएको छ ।
  • भूकम्पमा परी २३ सय बढी घाइते भएको समाचारमा उल्लेख छ ।
  • म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लिङले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

काठमाडौं ।

म्यानमारमा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा एक हजार २ जनाको मृत्यु भएको पुष्टि भएको सैन्य नेतालाई उद्धृत गर्दै जनाएको छ । भूकम्पमा परी २३ सय बढी घाइते भएको समाचारमा उल्लेख छ । म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लिङले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताएका छन् । भूकम्पको केन्द्रविन्दुको सबैभन्दा नजिकको शहर मण्डलेमा ६९४ जनाको मृत्यु भएको छ । राजधानी नेपिडाउमा ९४ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।

म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता ७.७ थियो । छिमेकी देश थाइल्याण्डको राजधानी बैंककसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । थाइल्याण्डमा गएको भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने १०० जना कामदार बेपत्ता भएको समाचारमा उल्लेख छ ।भूकम्पबाट सयौं माइल टाढा थाइल्याण्डको राजधानी बैंककमा निर्माणाधीन ३० तले भवन भत्किएको थियो । अझै धेरै कामदार यसमा फसेको हुनसक्ने आशंका छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार म्यानमारमा पहिलो भूकम्प गएको १२ मिनेटपछि दोस्रो भूकम्प गएको थियो । दोस्रो भूकम्पको तीव्रता ६ दशमलव ४ थियो । भूकम्पको केन्द्रबिन्दु सागिङदेखि १८ किलोमिटर दक्षिणमा थियो ।

म्यानमारको दोस्रो ठूलो शहर मण्डलेका एक उद्धारकर्मीले भूकम्पले ठूलो क्षति पुर्‍याएको र सयौं मानिसको ज्यान गएको आशंका गरिएको छ । समाचार एजेन्सी एपीका अनुसार अमेरिकी भूगर्भ सर्वेक्षण र जर्मनीको जीएफजेड सेन्टर फर जियोसाइन्सले भूकम्पको केन्द्रबिन्दु म्यानमार रहेको बताएको छ । एजेन्सीका अनुसार थाइल्याण्डको राजधानी बैंककमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो । त्यहाँका धेरै भवनहरू खाली गराइएको छ । म्यानमारको ठूलो भागमा आपतकाल घोषणा गरिएको छ । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा समेत भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
कश्मिरमा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा
कश्मिरमा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता
दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह
जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
अनेरास्वियुमा प्यानलको तयारी, कसको समूहबाट को-को ?
अनेरास्वियुमा प्यानलको तयारी, कसको समूहबाट को-को ?