राजावादी आन्दोलनमा सहभागी विवादास्पद धर्मगुरु खतिवडा पक्राउ
१६ चैत, काठमाडौं ।
राजावादी आन्दोलनलाई उत्तिजित बनाउने एक जना धर्मगुरु पनि पक्राउ परेका छन् । शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई प्रहरीको विशेष टोलीले इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनले आन्दोलनका क्रममा ढुंगा हानेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । खतिवडा विवादास्पद धर्मगुरु हुन् । उनी यसअघि पनि पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment