Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३९ पटक हेरिएको
Shares
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’

सारांश

  • नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इन्नोभेशन हब’ स्थापना गरेको छ ।
  • बैंकिङ तथा भुक्तानी प्रणालीमा नवीनतम प्रविधि अपनाउँदै वित्तीय सेवा प्रवर्द्धन गर्न यस्तो हब स्थापना गरिएको राष्ट्र बैंकले बिहीबार जारी सूचनामा उल्लेख गरेको छ ।
  • राष्ट्र बैंकका अनुसार नयाँ प्रविधिहरूलाई विश्वसनीय नीति र नियमनका आधारमा कार्यान्वयन गर्न तथा वित्तीय क्षेत्रका नवीन योजनाहरूलाई व्यवस्थितरूपमा अगाडि बढाउन यो हब स्थापित गरिएको हो ।

 

१४ चैत, काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इन्नोभेशन हब’ स्थापना गरेको छ । बैंकिङ तथा भुक्तानी प्रणालीमा नवीनतम प्रविधि अपनाउँदै वित्तीय सेवा प्रवर्द्धन गर्न यस्तो हब स्थापना गरिएको राष्ट्र बैंकले बिहीबार जारी सूचनामा उल्लेख गरेको छ ।

राष्ट्र बैंकका अनुसार नयाँ प्रविधिहरूलाई विश्वसनीय नीति र नियमनका आधारमा कार्यान्वयन गर्न तथा वित्तीय क्षेत्रका नवीन योजनाहरूलाई व्यवस्थितरूपमा अगाडि बढाउन यो हब स्थापित गरिएको हो । बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने सन्दर्भमा यस क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एव‌ं नियामकीय व्यवस्थाबारे जानकारी गराउन हब स्थापना गरिएको उल्लेख छ ।

सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एव‌ं चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, नन-बाइन्डिङ गाइडलाइन्स, परामर्श एवं सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्य राखिएको छ । अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्थासहित यस बैंकमा डिजिटल फाइनान्स इन्नोभेसन हब स्थापना भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु
भैँसीले आक्रमण गर्दा एक वृद्धको मृत्यु
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै
राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
१८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
१८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना
सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन
राष्ट्रिय खेलाडीहरूको गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण सुरुवात
राष्ट्रिय खेलाडीहरूको गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण सुरुवात
संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरू
संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरू
तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा, मन्त्री पुनले भने- बेथिति समाधान गर्दैछु
तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा, मन्त्री पुनले भने- बेथिति समाधान गर्दैछु