रास्वपाको महाधिवेशन वैशाखमा नहुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
६४ पटक हेरिएको
Shares
रास्वपाको महाधिवेशन वैशाखमा नहुने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवशेन आगामी वैशाखमा नहुने निश्चित भएको छ ।
  • तल्लो तहमा निर्वाचित कार्यसमिति गठन हुन नसकेका कारणले पूर्वघोषित कार्यतालिका अनुसार निर्धारित समयमा महाधिवशेन नहुने भएको हो ।
  • १ र २ असोजमा बसेको राष्ट्रिय भेलाले २५, २६ र २७ २०८२ वैशाखमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

 

१४ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवशेन आगामी वैशाखमा नहुने निश्चित भएको छ । तल्लो तहमा निर्वाचित कार्यसमिति गठन हुन नसकेका कारणले पूर्वघोषित कार्यतालिका अनुसार निर्धारित समयमा महाधिवशेन नहुने भएको हो । १ र २ असोजमा बसेको राष्ट्रिय भेलाले २५, २६ र २७ २०८२ वैशाखमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । १२ मा बसेको केन्द्रीय समिति बैठकले महाधिवशेनको स्थानका लागि चितवन तय गरेको थियो ।

पूर्वनिर्धारित कार्यतालिका कार्यान्वयन भएको भए यो महिनामा पालिका र जिल्ला अधिवेशन सकिने थियो । तर, वडा तहको अधिवेशन अघि नबढ्दा पालिका संरचनाको अधिवेशनले गति लिन सकेको छैन । यसले समग्र तालिका नै प्रभावित भएको छ । हालसम्म ६ वटा पालिकाको मात्रै अधिवेशन सकिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए । ‘कार्यतालिका अनुसार यतिबेला जिल्लाको अधिवेशन हुनुपर्ने हो । तर, तोकिएको समय अनुसार हुन सकेको छैन, बुर्लाकोटीले भने । महाधिवेशनकेन्द्रित छलफल गर्ने गरी अर्को साता रास्वपाले केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ । महाधिवशेन तोकिएकै समयमा गर्ने गरी विकल्पमा पार्टी भित्र अनौपचारिक छलफल भइरहेको छ ।

तल्लो तहको अधिवेशन नगरी केन्द्रीय तहको गर्ने वा नयाँ कार्यतालिका बनाएर तहगत अधिवेशन गराउँदै केन्द्रको गर्ने गरी दुई विकल्पमा केन्द्रीय समितिमा छलफल हुने बुर्लाकोटीले जानकारी गराए । ‘तलको अधिवेशन गर्दै आएर केन्द्रको महाधिवशेन तोकिएको समयमा गराउन समय प्रर्याप्त छैन । तलका संरचनामा अधिवशेन नगरेर केन्द्रको गर्दा लोकतान्त्रिक प्रक्रिया अबलम्बन नगरेको हुनसक्छ,’ बुर्लाकोटीले भने, ‘अहिले बनाएको क्यालेन्डरलाई संशोधन गरेर जाऔं भन्ने तलका साथीहरुको सुझाव छ ।’ वडा पालिकाको अधिवशेन गराउन समय थप्दा सबै कार्यतालिका प्रभावित हुने भएको हुँदा केन्द्रीय समितिबाट निर्णय गरिने बुर्लाकोटीले बताए ।

 

तल्लो तहमा अधिवेशन हुन नसकि थप समय माग गरेपछि केन्द्रीय महाधिवशेनको समय प्रभावित हुने भएको हो । वडा र पालिका अधिवेशनका लागि २/४ महिना थप समयावधि माग भई आएको बुर्लाकोटीले जानकारी गराए । तल्लो तहका अधिवशेनका लागि समय थपिएसँगै वर्षा सुरु हुने र त्यस लगत्तै चाडपर्वहरू हुने भएकाले मंसिर अघि महाधिवशेनको सम्भव नहुने एक केन्द्रीय सदस्यले सुनाए । उनले भने, ‘महाधिवेशन बैशाखमा नहुने निश्चित हो । औपचारिक रूपमा नबोलिएको मात्रै हो,’ ती नेताले भने । कुनै पालिकाभित्रका ७० प्रतिशत वडाको अधिवशेन सम्पन्न भएको भए त्यस्ता स्थानमा पालिकाको अधिवशेन गराउन सकिने प्रावधान बनाइएको छ । तर, ७० प्रतिशत वडामा अधिवेशन गर्न सकिएन भने के गर्ने भन्ने विधि बनाइएको छैन ।

७० प्रतिशत भन्दा कम वडामा अधिवशेन भएका पालिकाको सन्दर्भमा पनि केन्द्रीय समितिले विधि तय गर्ने बुर्लाकोटीले जानकारी गराए । पूर्व निर्धारत समयमा महाधिवेशन हुन नसक्दा नयाँ मितिको बारेमा पनि पार्टी बैठकले निर्णय लिने बुर्लाकोटीले बताए । पाँच वर्षमा दुई चरणमा महाधिवेशन गर्ने गरी रास्वपाले विधानलाई संशोधन गरेको छ । केन्द्रीय निर्वाचन आयोगले राष्ट्रिय महाधिवेशन अवधि सकिनु ६ महिनाअघि नै दुई चरणमा हुने महाधिवेशनको मिति र स्थान पार्टीलाई सिफारिस गर्नुपर्ने व्यवस्था छ ।पाँच वर्षको अन्तरमा दुई पटक महाधिवेशन गरेर पहिलो चरणमा सभापतिसहित ५० जना केन्द्रीय सदस्य र दोस्रो चरणमा थप ५० जना केन्द्रीय सदस्य थप्ने प्रावधान राखिएको छ ।

एक महाधिवेशनबाट अर्को महाधिवेशनको समयावधि १८ महिना देखि ३६ महिनाको फरक हुनुपर्ने विधानको व्यवस्था छ । २० जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापतिलाई दिइएको छ  । महाधिवेशन प्रतिनिधिहरुमा पालिका, निर्वाचन क्षेत्र परिषद्, जिल्ला परिषद्, प्रदेश परिषद्, केन्द्रीय लेखा आयोग, अनुशासन आयोग, केन्द्रीय विभाग, प्रदेश विभाग, प्रवास सम्पर्क विभागका सदस्य, आयोजक समितिका सदस्य सहभागी हुनेछन् । महाधिवेशन स्थल एकै ठाउँमा राख्ने वा फरक फरक स्थानबाट गर्ने टुंगो लगाउने जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगलाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोसी सरकारका सबै मन्त्री फेर्ने तयारी, बागमतीको निर्णय कुर्दै कांग्रेस
कोसी सरकारका सबै मन्त्री फेर्ने तयारी, बागमतीको निर्णय कुर्दै कांग्रेस
नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल
नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल
शिक्षकका माग पुरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र
शिक्षकका माग पुरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र
१३ अंक घट्यो सेयर बजार, उत्पादन समूह हालसम्मकै उच्च
१३ अंक घट्यो सेयर बजार, उत्पादन समूह हालसम्मकै उच्च
काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख
काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख
सिंहदरबारमा सर्वदलीय बैठक जारी
सिंहदरबारमा सर्वदलीय बैठक जारी
मलङ्गवामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुने
मलङ्गवामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुने
जिल्ला प्रशासन कार्यालय पर्सामा तनाव
जिल्ला प्रशासन कार्यालय पर्सामा तनाव
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो
चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो