९ श्रावण २०८२, बिहीबार

पौडी खेल्न बूढीगण्डकीमा पसेका किशोरको डुबेर मृत्यु

 

१३ चैत, गोरखा ।

गोरखामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन आएका एक किशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिस गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एसईई दिन सोही गाउँपालिका-४ थुमी आएका उनी बुधबार साँझ बूढीगण्डकीमा पौडी खेल्न गएका थिए ।

साँझ करिब साढे ६ बजेतिर पौडी खेल्ने क्रममा बूढीगण्डकीले बगाएछ,’ प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘खबर पाउन साथ इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनको खोजतलासमा गरेको थियो ।’ खोजतलासको क्रममा बगाएको स्थानदेखि करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?