२७ जेष्ठ २०८२, सोमबार

‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्कवेबमा

 

१३ चैत, काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारको वेबसाइट रुसी ह्याकर समूहले ह्याक गरेको छ ।‘घुद्रा’ (Ghudra) नामक रूसी ह्याकरको समूहले हेलो सरकारको वेबसाइट ह्याक गरी कब्जामा लिएको हो । ती समूहले आफूलाई फेन्सी बियर्स एपीटी २८’ अन्तर्गत रहेको रुसी सैन्य इन्टेलिजेन्ससँग नजिक भएको चिनाउँछन् ।

साथै यो (Ghudra (Fancy Bear APT 28) ह्याकर समूले रुसी सैन्य इन्टेलिजेन्ससँग नजिक भएर काम गरिरहेको दाबी गर्छ । ह्याकरले हेलो सरकार वेबसाइटमा राखिएका संवेदनशील डेटाहरू डार्कवेबमा बिक्रीमा राखिदिएका छन् । जसमा ह्यार समूहले १ हजारमा पुरै डेटाबेस र १ हजार ३ सय डलरमा लाइभ सेल एक्सेस दिने उल्लेख गरेका छन् । ह्याकर समूहले भनेका छन्, ‘नेपाल सरकारले हामीसँग सम्पर्क गर्न नअस्वीकार गरेका हामी यो सुरक्षा डेटा बिक्री गर्न बाध्य भएका छौं।’ साथै उक्त पोस्टमा हेलो सरकारको सिस्टमको फाइल मेनेजरको स्क्रिनसट राखिदिएको छ ।

उक्त स्क्रिनसट हेर्दा यस्तो इन्टरफेस भएको देखिन्छ, जसले सुरक्षाको जानकारी, फाइल एक्सेस, कन्सोल, डेटाबेस मेनेजमेन्ट, पीएचपी सेटिङको अप्सन उपलब्ध गराउँछ । यस्तै ह्याकरले पर्सनल आइडेन्टीफिएबल इन्फरमेशन (पीआईआई) पनि राखिएदिएका छन्, जसमा नागरिकको नाम, इमेल, युजरनेम, मोबाइल नम्बर, पासवर्ड, डिभाइसको आइडी, फोटो, अफिसको आइडी, नेपालीमा रहेको नाम,ठेगानालगायतका सबै विवरण) रहेका छन् ।

ह्याकरले राखेको स्क्रिनशटमा ४९.९८ जीबीको सर्भर स्टोरज भएको देखिन्छ । जसमा ८.३२ जीबी स्टोरेज बाँकी भएको देखाइएको छ ।यता,  हेल्लो सरकारको वेबसाइट हेर्ने सहसचिव प्रेमकुमार श्रेष्ठले भने ह्याक भएको सूचना पाउना साथ वेबसाइटलाई मेन्टेनेन्स गर्न कर्मचारी खटाइसकिएको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘ मैले पनि भर्खरै थाहा पाएँ। थाहा पाउनासाथ वेबसाइट रिकभर गर्न र मेन्टेनेन्स गर्न टेक्निकल कर्मचारी खटाइसकेको छु। अब केही क्षणमा रिकभर हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?