२६ जेष्ठ २०८२, आईतवार

मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्यौट

 

१३ चैत, मुस्ताङ । 

हिमाली जिल्ला मुस्ताङ अदालतमा चालु आव २०८१-८२ को नौ महिना अवधिमा ६६ दशमलव ६६ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । गत आर्थिक वर्षबाट चालु वर्षमा जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका  कूल ३३ थान मुद्दामध्ये २२ थान मुद्दा जिल्ला अदालत मुस्ताङबाट फर्छ्यौट भएको हो ।

मुस्ताङ जिल्ला अदालतका श्रेस्तेदार दिव्यराज घिमिरेका अनुसार गतवर्ष जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका देवानी मुद्दा १७ थानमध्ये १५ थान देवानी मुद्दा मुस्ताङ अदालतबाट फर्छ्यौट भएको हो । यस्तै, गत वर्ष र चालु वर्षका कूल १६ थान फौजदारी मुद्दामध्ये सात थान मुद्दा अदालतबाट फर्छ्यौट भइसकेको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिए ।

उनका अनुसार मुस्ताङ अदालतमा देवानीतर्फ दुई थान र फौजदारी मुद्दातर्फ नौ थान गरी कूल ११ थान मुद्दा फर्छ्योट हुन बाँकी रहेको छ । मुस्ताङ जिल्ला अदालतबाट गत आवमा दर्ज भएका देवानीतर्फका दुई थान मुद्दामध्ये दुई वटै फर्छ्योट भएका छन् । गत वर्षदेखि चालु वर्ष जिम्मेवारी सरेको अंशसम्बन्धी एक र सम्बन्ध विच्छेद एक गरी दुई थान मुद्दा यस वर्ष फर्छ्योट भएको अदालतका श्रेस्तेदार घिमिरेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?