मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशन जनकपुरधाममा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ८, २०८१
|
|
३३ पटक हेरिएको
Shares
मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशन जनकपुरधाममा

सारांश

  • नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु भएको छ ।
  • ‘सार्वजनिक सेवा प्रवाहमा भरपर्दो साधन समानुपातिक प्रतिनिधित्वको निजामती प्रशासन’ नारासहित आयोजित सो महाधिवेशन तीन दिनसम्म चल्ने छ ।
  • नेपाल मधेशी निजामती कर्मचारी मञ्चको केन्द्रिय कार्यसमिति बबरमहल काठामाडौँद्वारा आयाजित उक्त महाधिवेशनमा ३१ जिल्लाका करिब तीन सय मधेशी निजामती कर्मचारीको सहभागिता रहेको छ ।

८ चैत, जनकपुरधाम ।

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु भएको छ । ‘सार्वजनिक सेवा प्रवाहमा भरपर्दो साधन समानुपातिक प्रतिनिधित्वको निजामती प्रशासन’ नारासहित आयोजित सो महाधिवेशन तीन दिनसम्म चल्ने छ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको केन्द्रिय कार्यसमिति बबरमहल काठामाडौँद्वारा आयाजित उक्त महाधिवेशनमा ३१ जिल्लाका करिब तीन सय मधेशी निजामती कर्मचारीको सहभागिता रहेको छ ।

सो महाधिवेशनमा मधेशी कर्मचारीको हकहितका साथै उनीहरुले भोग्नुपरेका समस्याबारे कार्यपत्र प्रस्तुत हुने र त्यसमा छलफल गर्ने तथा नयाँ नेतृत्वको चयन हुने मञ्चका केन्द्रिय अध्यक्ष ताहिर हुसैनले जानकारी दिनुभयो । विसं २०६२÷ ६३ को आन्दोलन पश्चात् सुरु भएको मधेश आन्दोलनबाट मधेशीको हकहितका .लागि मधेशी निजामती कर्मचारी मञ्च गठन भएको हो ।

महाधिवेशनको उद्घाटन गर्दे मधेश प्रदेशका सांसद रामआशिष यादवले मधेश आन्दोलन भएको १८ वर्ष वितिसक्दा पनि मधेशीको समस्या जस्ताको त्यस्तै रहेकाले मधेशी समुदाय एक हुनुपर्ने आवश्यक्ता छ भन्नुभयो । कार्यक्रममा मञ्चका उपाध्यक्ष लालबाबु यादव, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अजय झालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमै उद्धार नहुँदा घाइते देखिएको चितुवाको मृत्यु
समयमै उद्धार नहुँदा घाइते देखिएको चितुवाको मृत्यु
नेपाल बार निर्वाचन : कसको मत कति ?
नेपाल बार निर्वाचन : कसको मत कति ?
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ
सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ
डोजर चल्न थालेपछि धोबी खालाका घर-घरमा टाँसियो जग्गाधनी पुर्जा
डोजर चल्न थालेपछि धोबी खालाका घर-घरमा टाँसियो जग्गाधनी पुर्जा
तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली
तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली
पर्यटक आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’
पर्यटक आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’
नेपालगञ्‍ज पुगे प्रचण्ड, अनेमसंघको सम्मेलनमा भाग लिन बर्दिया जाँदै
नेपालगञ्‍ज पुगे प्रचण्ड, अनेमसंघको सम्मेलनमा भाग लिन बर्दिया जाँदै
पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल
पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल