गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ : विप्लव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
३२ पटक हेरिएको
Shares
गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ : विप्लव

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन यसलाई जनतामाझ लैजानुपर्ने बताउनुभएको छ ।
  • प्रेस सेन्टर नेपाल मोरङद्वारा आज यहाँ आयोजित अन्तरसम्वाद कार्यक्रममा उहाँले गणतन्त्रबाट आमनागरिकले समान अधिकार पाउनुपर्नेमा जोड दिनुभयो ।
  • महासचिव चन्दले मुलुकमा युगान्तकारी परिवर्तन ल्याउने गणतन्त्र स्थापना नभएको भए मुलुक अझै अन्धकारमै हुन्थ्यो भन्दै राजनीतिक दलका नेताहरूको भनाइ र गराइमा देखिएका अन्तरले अहिले असन्तुष्टि देखिएको चर्चा गर्नुभयो ।

७ चैत, विराटनगर ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन यसलाई जनतामाझ लैजानुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल मोरङद्वारा आज यहाँ आयोजित अन्तरसम्वाद कार्यक्रममा उहाँले गणतन्त्रबाट आमनागरिकले समान अधिकार पाउनुपर्नेमा जोड दिनुभयो ।

महासचिव चन्दले मुलुकमा युगान्तकारी परिवर्तन ल्याउने गणतन्त्र स्थापना नभएको भए मुलुक अझै अन्धकारमै हुन्थ्यो भन्दै राजनीतिक दलका नेताहरूको भनाइ र गराइमा देखिएका अन्तरले अहिले असन्तुष्टि देखिएको चर्चा गर्नुभयो । मुलुक सैद्धान्तिक र व्यावहारिक दृष्टिले पनि सङ्कटमा रहेको बताउँदै उहाँले समाजवादको लक्ष्य पूरा गराउन पुँजी निर्माण हुनुपर्छ भत्रुभयो ।

महासचिव चन्दले सरकार शिक्षा, स्वास्थ्य र रोगगारका विषयमा चुकेको, पुँजी निर्माण र बचतको ज्ञान विस्तार नभएकाले नेपाली जनताले समस्या बेहोरिरहेको धारणा राख्नुभयो । उहाँले माओवादी, समाजवादी र सबै कम्युनिष्टबीच एकताको प्रयास तथा छलफल भइरहेको जानकारी दिँदै चैत १५ गते समाजवादी मोर्चाले गर्ने भेला शान्तिपूर्ण हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रसर अनुगमनमा सिडिओ यादवद्वारा पत्रकारलाई भिडियो बनाउन रोक
क्रसर अनुगमनमा सिडिओ यादवद्वारा पत्रकारलाई भिडियो बनाउन रोक
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
  तोकिएको समयमा निर्वाचन हुनैपर्छ : बिमलेन्द्र निधि
  तोकिएको समयमा निर्वाचन हुनैपर्छ : बिमलेन्द्र निधि
म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु
म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा
सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
पर्यटक आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’
पर्यटक आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’
प्रतिनिधिसभाको कार्यसूचीमा दोस्रोपटक चढ्यो अध्यादेश
प्रतिनिधिसभाको कार्यसूचीमा दोस्रोपटक चढ्यो अध्यादेश
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल