आजदेखि एसइई

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
३६ पटक हेरिएको
Shares
आजदेखि एसइई

सारांश

  •   माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।
  • राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ ।
  • परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।

७ चैत, काठमाडौं ।  

माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ ।

गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ । परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ ।

परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ । यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । (रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृ*त्यु
मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृ*त्यु
अध्यक्ष साम्पाङ भन्छन् : कोठे बैठकमा हामी जाँदैनौँ, संसद् बोलाउनुपर्यो
अध्यक्ष साम्पाङ भन्छन् : कोठे बैठकमा हामी जाँदैनौँ, संसद् बोलाउनुपर्यो
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल सुरु
बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल सुरु
भूमि प्रशासन कार्यालय ललितपुरका ३ कर्मचारी ३ लाख घुससहित पक्राउ
भूमि प्रशासन कार्यालय ललितपुरका ३ कर्मचारी ३ लाख घुससहित पक्राउ
राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि कांग्रेस नेता प्रदीप पौडेलको आह्वान
राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि कांग्रेस नेता प्रदीप पौडेलको आह्वान
बर्खास्तीविरुद्ध कुलमान पुगे सर्वोच्च
बर्खास्तीविरुद्ध कुलमान पुगे सर्वोच्च
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण
कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण