संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध छौं- नेपाली सेना
६ चैत, काठमाडौं ।
नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध रहेको जनाएको छ ।
केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी, धारणा र विश्लेषणहरू भइरहेकोमा सेनाले त्यसलाई खण्डन गरेको छ ।
बुधबार एक अनुरोध जारी गर्दै सेनाले आफ्ना धारणा र गतिविधि नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रममार्फत् सार्वजनिक गर्दै आएको स्मरण गराएको छ।
नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचना सम्प्रेषण गर्न सेनाले अपिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment