११ श्रावण २०८२, शनिबार

नगरप्रमुख क्षेत्रीद्वारा जन्मदिनमा रेडक्रसलाई भ्यान उपहार

५ चैत, महोत्तरी। 

 बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई ‘भ्यान’ उपहार दिनुभएको छ। आज एक कार्यक्रमका बीच नगरप्रमुख क्षेत्रीले रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्कालाई भ्यानको साँचो हस्तान्तरण गर्नुभयो।

प्रमुख क्षेत्रीका अनुसार उक्त भ्यान नगर कार्यपालिकाको कार्यालयबाट प्रमुखका हैसियतमा प्राप्त सुविधा बापतको रकमबाट खरिद गरिएको हो। रेडक्रस बर्दिबास उपशाखाका सभापति खड्काले उक्त भ्यान विभिन्न स्थानमा रक्त सङ्कलन शिविर सञ्चालनका लागि प्रयोग गरिने जानकारी दिनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?