एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ४, २०८१
|
|
३३ पटक हेरिएको
Shares
एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन् ।
  • मधेश प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूसँग भर्चुअल माध्यमबाट भएको बैठकमा मन्त्री भट्टराईले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पारिन् ।
  • मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई सरकार र जनताप्रति जवाफदेही ढंगले सञ्चालन गर्न भनेकी छन् ।

४ चैत, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन् । मधेश प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूसँग भर्चुअल माध्यमबाट भएको बैठकमा मन्त्री भट्टराईले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पारिन् । मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई सरकार र जनताप्रति जवाफदेही ढंगले सञ्चालन गर्न भनेकी छन् ।

नियमविपरीत कार्य गर्ने जो कोहीलाई पनि कठोर कारबाही गरिने चेतावनी दिँदै उनले परीक्षाको मर्यादा कायम राख्न नसके शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरू समेत जिम्मेवार हुनुपर्ने बताएकी छन् । यस वर्षको एसईई परीक्षा ७ देखि १९ चैतसम्म देशभरका २ हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुने भएको छ । यस वर्ष ४९ हजार २८६ विद्यार्थी थपिएसँगै परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १४ हजार ७१ पुगेको छ ।

परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधार गृह र कारागारमा समेत गरी तीनवटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र अन्य पाठ्यक्रमका विषयहरूको परीक्षा हुनेछ भने चैत ८ गते नेपाली, चैत १० गते गणित, चैत १२ गते विज्ञान, १३ गते सामाजिक शिक्षा र बाँकी २ दिनमा ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।

परीक्षाको गुणस्तर कायम राख्न र नक्कललाई निरुत्साहित गर्न मन्त्रालयले विशेष निगरानीको व्यवस्था गरेको छ । मन्त्री भट्टराईले सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायहरूको सहयोगको अपेक्षा गरेकी छन् । परीक्षाको सुरक्षा, सामग्री व्यवस्थापन र अन्य आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू-२० च्याम्पियनसिपबाट बाहिरियो
बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू-२० च्याम्पियनसिपबाट बाहिरियो
बहुप्राविधिक शिक्षालय भित्र होस्टल नहुँदा विद्यार्थीहरुलाई बस्न चुनौती
बहुप्राविधिक शिक्षालय भित्र होस्टल नहुँदा विद्यार्थीहरुलाई बस्न चुनौती
जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा
जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा
नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल
नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल
ललितपुरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव फेला
ललितपुरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव फेला
अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल
अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल
म्यान्मार भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजार नाध्याे
म्यान्मार भूकम्प : मृत्यु हुनेको सङ्ख्या तीन हजार नाध्याे
जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट
जलिरहेको अदालतसँग न्यायको आश, दर्ता भयो रिट
पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइदै
पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइदै
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिम प्रदेशका सांसदसँग छलफल
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिम प्रदेशका सांसदसँग छलफल