२६ जेष्ठ २०८२, आईतवार

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित

४ चैत, काठमाडौँ ।

राष्ट्रिय सभाको बैठकले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पारित गरेको छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गरयोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो।

त्यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो। छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भट्टराईले नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा तथा नेत्र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भएकोले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक ल्याइएको बताइन्। आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्न आवश्यक रहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?