गुल्मीमा एक पुरुष मृत फेला
२६ फागुन, गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका– ६ बुल्म निवासी ४३ वर्षको नारायण कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सोमबार बिहान कच्ची मोटरबाटोमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमान्डमा प्रहरी खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment