प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
३१ पटक हेरिएको
Shares
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरुआत, किरण ठगुन्नाको शानदार शतक

सारांश

  • ब्याटर किरणकुमार ठगुन्नाले शानदार शतक प्रहार गरेपछि लुम्बिनीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ ।
  • आज भएको खेलमा सुदूरले गण्डकीलाई ६ विकेटले पराजित गर्यो ।
  • गण्डकीले दिएको २२१ रनको लक्ष्य सुदूरले ४ विकेट गुमाएर ४२ बल बाँकी रहँदै पूरा गर्यो ।

 

काठमाडौं । ब्याटर किरणकुमार ठगुन्नाले शानदार शतक प्रहार गरेपछि लुम्बिनीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ ।आज भएको खेलमा सुदूरले गण्डकीलाई ६ विकेटले पराजित गर्यो । गण्डकीले दिएको २२१ रनको लक्ष्य सुदूरले ४ विकेट गुमाएर ४२ बल बाँकी रहँदै पूरा गर्यो । सुदूरका लागि शतक हिर्काएका किरणले १०१ बलमा अविजित १२१ रन जोडे । त्यसक्रममा उनले ९ चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै अटआउट रहेका नारायण जोशीले ३८ रन थप्दा खड्न बोहराले १९, निश्चल क्षेत्रीले १८ रन थपे । सुदूरले १६ रन अतिरिक्तमा पायो । गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले समान एक विकेट लिए । त्यसअघि लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रन जोड्यो । गण्डकीका लागि दीपक डुम्रे र अर्जुन कुमालले अर्धशतक प्रहार गरे ।

७४ बलको सामना गरेका दीपकले ३ चौका र १ छक्का हिर्काउँदै ६४ रन जोड्दा ९५ बलको सामना गरेका अर्जुनले तीन चौका र एक छक्का हिर्काउँदै ५७ रन जोडे । सुदीप अर्यालले २३ रन जोडेको खेलमा वंश क्षेत्री १८, दिनेश बुढामगर १५ तथा अमृत गुरुङ र विपीन खत्री समान १० रनमा आउट भए । सुदूरका लागि शेर मल्लले तीन तथा नारायण जोशीले २ विकेट लिए । पहिलो खेलमा कर्णालीसँग हारेर सुदूर आज जित्नुपर्ने दवावमा थियो भने गण्डकीको यो पहिलो खेल हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?