चन्द्रागिरिको प्लास्टिक कारखानामा आगलागी

काठमाडौँको चन्द्रागिरि नगरपालिका-१० बोसीगाँउस्थित आरएमबी प्लास्टिक प्याकेजिङ कारखानामा आज बिहान आगलागी भएको छ। पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रूपमा सञ्चालन गरेको प्लास्टिक कारखानामा आगलागी भएको हो। अहिले आगलागी नियन्त्रण भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले बताएका छन्।





Post Comment