सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
४४ पटक हेरिएको
Shares
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज

सारांश

  • काठमाडौं महानगरपालिकाले गौशाला धर्मशाला सञ्चालन गर्न नपाउने भएको छ ।
  • उच्च अदालत पाटनले गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगर र पशुपति विकास कोषबीच भएको सम्झौता खारेज गरेको हो ।
  • बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्नुपर्ने आदेश दिएको हो ।

 

२२ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला धर्मशाला सञ्चालन गर्न नपाउने भएको छ ।उच्च अदालत पाटनले गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगर र पशुपति विकास कोषबीच भएको सम्झौता खारेज गरेको हो ।बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्नुपर्ने आदेश दिएको हो ।

मारवाडी सेवा समितिलाई अधिकार खोसेर कोषले गत असोजमा गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरसँग सम्झौता गरेको थियो ।उक्त सम्झौतापछि महानगर र कोषले गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउन खोजेका थिए । गौशाला महानगरलाई चलाउन दिने कोषको निर्णयविरुद्ध मारवाडी सेवा समिति रिट लिएर उच्च अदालत पाटन पुगेको थियो । उच्च अदालत पाटनले २ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

यही रिटमाथि सुनुवाइ गर्दै २१ फागुनमा उच्च अदालत पाटनले काठमाडौं महानगर र पशुपति विकास कोषबीच भएको सम्झौता खारेज गरेको छ । यससँगै पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिले चलाउने बाटो खुलेको हो । पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबिच १२ जेठ २०६० मा पशुपति गौशाला धर्मशाला चलाउने सम्झौता भएको थियो । तर, कोषले १७ साउन २०८० मा समितिसँग गरेको सम्झौता खारेज गरेको थियो। अदालतको आदेशपछि कोष र मारवाडी सेवा समितिबिच १२ जेठ २०६० मा भएको सम्झौता नै लागु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै
सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे
नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला
बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही