११ श्रावण २०८२, शनिबार

६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

 

२२ फागनु,  काठमाडौं सरकारले छ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरेको छ।  गृह मन्त्रालयले आज बिहान बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटमा प्रमुख जिल्ला अधिकारी पठाएको हो।

गृह मन्त्रालय स्रोतका अनुसार  बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोदकुमार खड्का, सङ्खुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी, नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ।  यसैगरी नुवाकोटका प्रजिअ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ। रौतहटमा पठाएका खड्का संखुवासभाको प्रजिअमा कार्यरत थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?