Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बेपत्ता भएका तनहुँका महेश ५ दिनपछि मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
३८ पटक हेरिएको
Shares
बेपत्ता भएका तनहुँका महेश ५ दिनपछि मृत फेला

सारांश

  • तनहुँ भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् ।
  • घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका थिए ।
  • सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए भने तनहुँको भीमादसहित स्याङ्जातर्फ खोजी कार्य गरेका थिए ।

 

२२ फागुन, पोखरा । तनहुँ भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका थिए । सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए भने तनहुँको भीमादसहित स्याङ्जातर्फ खोजी कार्य गरेका थिए ।

भीमाद वडानम्बर २ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा मृत भेटिएका हुन् ।राति परिवारसहित सुतेका महेश बिहान कोठामा हेर्दा नदेखेपछि परिवारले खोजी थालेका थिए । उनी बिहान सवा ५ बजे सम्पर्कमा आएको र त्यतिबेला आफू कहाँ छु भन्ने थाहा नभएको बताएलगत्तै मोबाइल अफ भएको थियो ।उनको शव खोला किनारमा भेटिएपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर पोषण केसीको टोली पुगेको थियो ।

सुवेदीको शव पोस्टमार्टमका लागि दमौली जिल्ला अस्पताल तनहुँमा राखिएको छ र बिहीबार नै उनको शव देवघाट पुर्‍याएर अन्तेष्टि गरिने परिवारले जनाएका छन् ।उनको मृत्यु कारणबारे पोस्टमार्टमपछि जानकारी हुने प्रहरीले जनाएको छ ।महेश हाल कावासोती नगरपालिका वडानम्बर ३ मध्यविन्दु टोल बस्दै आएका थिए । उनी भतिजहरुको व्रतवन्धमा धरमपानी पुगेका थिए । महेश, ठूली छोरी र आफू कावासोती बस्दै आएका थिए भने सानी छोरी र श्रीमती लमजुङ बस्दै आएका छन् । महेशकी श्रीमती स्वास्थ्यकर्मी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभाको बैठक आज बस्दै
प्रतिनिधि सभाको बैठक आज बस्दै
प्रहरी बढुवामा सकस- २६ डीएसपी खाली हुँदा १२८ इन्स्पेक्टर प्रतिस्पर्धामा
प्रहरी बढुवामा सकस- २६ डीएसपी खाली हुँदा १२८ इन्स्पेक्टर प्रतिस्पर्धामा
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
सर्लाहीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु
सर्लाहीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु
स्मार्ट सेल घोटाला प्रकरणमा भूपेन्द्र भण्डारी पक्राउ
स्मार्ट सेल घोटाला प्रकरणमा भूपेन्द्र भण्डारी पक्राउ
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुन्छ : श्रममन्त्री भण्डारी
श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुन्छ : श्रममन्त्री भण्डारी
बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह
बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह
सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाए
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाए