स्मार्ट सेल घोटाला प्रकरणमा भूपेन्द्र भण्डारी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
१८७ पटक हेरिएको
Shares
स्मार्ट सेल घोटाला प्रकरणमा भूपेन्द्र भण्डारी पक्राउ

सारांश

  • स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् ।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेका हो ।
  • सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले उनीमाथि स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान हुने बताए ।

१५ साउन, काठमाडौं ।

स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेका हो । सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले उनीमाथि स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान हुने बताए ।

स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानी नोक्सानी पुर्‍याएको आरोप उनीमाथि छ । रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा भण्डारी विज्ञको रूपमा उनको सचिवालयमा नियुक्त भएका थिए । टेरामक्स प्रकरणमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएपछि भण्डारी उक्त पदमा पुगेका हुन् । सचिवालयमा कार्यरत रहेकै बेला उनी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने
पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने
बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो
भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै
निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै
‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’
‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’
नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ
नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ
मधेशमा डिपबोरिङ जडान सुरु
मधेशमा डिपबोरिङ जडान सुरु
बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह
बजेटमा कर्मचारीले गडबड गरे,अनुसन्धान गर्दैछौं :मुख्यमन्त्री सिंह