दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड चम्पियन ट्रोफीको फाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
२८ पटक हेरिएको
Shares
दक्षिण अफ्रिकालाई हराउँदै  न्युजिल्याण्ड चम्पियन ट्रोफीको फाइनलमा

सारांश

  • न्युजिल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
  • बुधबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्डले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
  • न्युजिल्याण्डले दिएको ३६३ रनको बलियो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर ३१२ रन मात्र बनाउन सक्यो ।

२१ फागुन, काठमाडौं । न्युजिल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्डले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।न्युजिल्याण्डले दिएको ३६३ रनको बलियो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर ३१२ रन मात्र बनाउन सक्यो ।

डेभिड मिलरले अविजित शतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । रासी भान डेर डुसेनले ६९ तथा कप्तान टेम्बा बाभुमाले ५६ रन बनाए । न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले १० ओभरमा ४३ रन दिएर ३ विकेट लिए । म्याट हेनरी र ग्लेन फिलिप्सले २-२ तथा माइकल ब्रेसवेल र रचिन रविन्द्रले १-१ विकेट लिए । त्यसअघि लाहोरमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले बलियो योगफल खडा गरेको थियो ।  न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३६२ रन बनाएको थियो ।

रचिन रविन्द्र र केन विलियमसनले शतकीय पारी खेले । रचिनले १०८ तथा विलियमसनले १०२ रन बनाए । डारिल मिचेल र ग्लेन फिलिप्सले समान ४९ रन बनाए । दक्षिण अफ्रिकाका लागि लुंगी एङ्गिडीले १० ओभरमा ७२ रन दिएर ३ विकेट लिए । कगिसो रबाडाले १० ओभरमा ७० रन दिएर २ विकेट लिए । वियान मुल्डरले १ विकेट लिए । अब च्याम्पियन्स ट्रफीको उपाधिका लागि आउँदो आइतबार दुबईमा भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस् : गगन थापा
जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस् : गगन थापा
बाढी प्रभावित १५ स्थानीय तहमा रकम निकासा, कुनमा कति ?
बाढी प्रभावित १५ स्थानीय तहमा रकम निकासा, कुनमा कति ?
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा
माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु
माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु
आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै
आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै
आज सङ्घीय संसद् सेवा दिवसःविभिन्न कार्यक्रमगरी मनाइँदै
आज सङ्घीय संसद् सेवा दिवसःविभिन्न कार्यक्रमगरी मनाइँदै
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर
विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?