भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक पक्राउ
बैतडी- भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जनालाई पक्राउ गरिएको छ। दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउँका ५१ वर्षीय पाल विष्टलाई जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।
विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको टोलीले विष्टको घरबाट भरुवा बन्दुक, सात राउण्ड सिसा गोली, दुई थान घोरलको छाला र दुई थान रतुवाको छाला बरामद गरेको जनाएको छ। मंगलबार दिउँसो विष्टको घरमा गरेको खोजतलासका क्रममा यी सामाग्री फेला परेपछि उनलाई पक्राउ गरिएको बडूले बताए। विष्टले इजाजतबिना घरमा बन्दुक राखेको पाइएपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment