समाजसेवी दुबे सहित तिन सय भन्दा बढि समर्थकले गरे जनमत पार्टी प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
२१ पटक हेरिएको
Shares
समाजसेवी दुबे सहित तिन सय भन्दा बढि समर्थकले गरे जनमत पार्टी प्रवेश

सारांश

  • पत्रकार एवम् समाजसेवी उमेश कुमार दुबे आफ्ना तिन सय भन्दा बढि समर्थक सहित सोमबार जनमत पार्टीमा प्रवेश गराएका छन्।
  • पत्रकार एवम् समाजसेवी दुबेलाई फेटा गाउँपालिका स्थित फेटा बजारमा एक कार्यक्रमका बिच जनमत पार्टीको केन्द्रीय अध्यक्ष डाक्टर सि.
  • के राउत एवम् मधेश प्रदेशको मुख्यमंत्री सतिश कुमार सिँहले टिका लगाई जनमत पार्टीमा प्रवेश गराएका छन्।

अमरेश कुमार पाण्डे

२० फागुन, बारा । पत्रकार एवम् समाजसेवी उमेश कुमार दुबे आफ्ना तिन सय भन्दा बढि समर्थक सहित सोमबार जनमत पार्टीमा प्रवेश गराएका छन्। पत्रकार एवम् समाजसेवी दुबेलाई फेटा गाउँपालिका स्थित फेटा बजारमा एक कार्यक्रमका बिच जनमत पार्टीको केन्द्रीय अध्यक्ष डाक्टर सि.के राउत एवम् मधेश प्रदेशको मुख्यमंत्री सतिश कुमार सिँहले टिका लगाई जनमत पार्टीमा प्रवेश गराएका छन्। जनमत पार्टीले सोमबार बिशाल आम सभा तथा बृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी दुबे सहित तिन २५ जनालाई पार्टी प्रवेश गराएको छ। दुबेलाई पार्टी प्रवेश गराउन आउनु भएका जनमत पार्टीको केन्द्रीय अध्यक्ष डाक्टर राउतले २०६२ सालको मधेश आन्दोलनले गर्दा नै देशमा सँघियता लागु भएको बताएका छन्।

सँघियता लागु भईसकेपछि मधेशी जनताले आफ्नो पहिचान सहितको मधेश प्रदेश पाएका छन्। साथै सिंह दरबारको अधिकार गाउँ घरमा आएको छ। केहि सँघियता विरोधीहरुले सँघियता खर्चिलो भएको भन्दै बिरोध गर्ने गरेका छन्। तर मधेसीको लागि सँघियता पहिचान सहित अधिकार भएको बताएका छन्। किनभने सँघियताले गर्दा नै हामी मधेसी मुख्यमंत्री पाएका छौ। जसले गर्दा मुख्यमंत्री सहित मन्त्रीहरु आफ्नो भाषामा कुरा गर्न पाउनुको साथै आफ्नो अधिकार प्राप्त गर्न सिँह दरबार होईन आफ्नो मधेश प्रदेशको राजधानी वा आफ्नै पालिकामा जान सकिने बताएका छन्।

त्यस्तै मधेश प्रदेशको मुख्यमंत्री सतिश कुमार सिँहले प्रधानमन्त्री, मन्त्री, मुख्यमंत्री लगायत जनप्रतिनिधिहरु जनताको सेवक रहेका छन्। जनता नै मालिक भएकोले जनताले बिकास गर्ने सेवक पहिचान गर्न आग्रह गरेका छन्। जनमत पार्टी जनताको सच्चा सेवक रहेकोले पहिलाको पार्टीले गरेको बिकास र जनमत पार्टीले मधेश प्रदेशको बजेट ल्याउनु भन्दा चार दिन अगाडि गठन भएको सरकारको मुल्यांकन गर्न आग्रह गर्दै बिगतको गल्ती नदोहोर्याउन आग्रह गर्दै पार्टीमा नवप्रवेशीलाई स्वागत सहित शुभकामना व्यक्त गरेका छन् ‌।

त्यस्तै उक्त कार्यक्रममा जनमत पार्टीको कार्यकारिणी सदस्य ओम प्रकाश साह , सुनिल यादव , रामबाबु साह , सल्लाहकार समिति सदस्य प्रभु पटेल , केन्द्रीय सदस्य एवम् बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेल लागायत नेताहरु मन्तब्य ब्यक्त गरेका थिए। भने कार्यक्रमको सँचालन जनमत पार्टीको केन्द्रीय सदस्य बिजय गुप्ताले गरेका थिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश
राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश
दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध झन्डै एक करोडको भ्रष्टाचार मुद्दा
दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध झन्डै एक करोडको भ्रष्टाचार मुद्दा
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको ह*त्यामा संलग्न ३ जनालाई जन्मकैद
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको ह*त्यामा संलग्न ३ जनालाई जन्मकैद
झापाबाट प्रधानमन्त्री ओलीको टिप्पणी : गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा आउँदैनन्
झापाबाट प्रधानमन्त्री ओलीको टिप्पणी : गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा आउँदैनन्
कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता
कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता
अफताब आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकार पुग्यो सर्वोच्च
अफताब आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकार पुग्यो सर्वोच्च
नेपाली भूमिमा प्रवेश गरेर एसएसबीको ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो
नेपाली भूमिमा प्रवेश गरेर एसएसबीको ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो
मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
रास्वपा सचिवालयको बैठक बस्दै
रास्वपा सचिवालयको बैठक बस्दै
नवलपुरको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी
नवलपुरको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी