रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
३९ पटक हेरिएको
Shares
रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ

सारांश

  • गृहमन्त्री रमेश लेखकले सिराहको नवराजपुर गाउँपालिकाकी १७ वर्षीय रिंकुकुमारी सदायको सामूहिक बलात्कारपछि मृत्यु भएको बताएका छन् ।
  • आइतबार राष्ट्रिय सभामा बोल्दै उनले दोषीलाई कडा कारबाही हुने प्रतिबद्धता जनाए ।
  • \ ‘सरकारको तर्फबाट, म आफ्नो तर्फबाट यस घटनामा जति पनि मानिसहरू संलग्न छन् अपराधमा संलग्न भएका मानिसहरूलाई क्रियाशिलतापूर्वक खोजतलास गर्ने, अनुसन्धान गर्ने र कानुन बमोजिम कडा कारबाही गर्ने कुरामा पूर्ण प्रतिवद्ध छु र सम्मानित सदनमा पुनः प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

१८ फागुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिराहको नवराजपुर गाउँपालिकाकी १७ वर्षीय रिंकुकुमारी सदायको सामूहिक बलात्कारपछि मृत्यु भएको बताएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै उनले दोषीलाई कडा कारबाही हुने प्रतिबद्धता जनाए ।\

‘सरकारको तर्फबाट, म आफ्नो तर्फबाट यस घटनामा जति पनि मानिसहरू संलग्न छन् अपराधमा संलग्न भएका मानिसहरूलाई क्रियाशिलतापूर्वक खोजतलास गर्ने, अनुसन्धान गर्ने र कानुन बमोजिम कडा कारबाही गर्ने कुरामा पूर्ण प्रतिवद्ध छु र सम्मानित सदनमा पुनः प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने । गृहमन्त्री लेखकका अनुसार गत माघ ३० गते रिंकु कुमारी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । यो सम्बन्धमा स्थानीय १९ वर्षीय रुपेश मण्डलको विरुद्धमा आत्महत्या दरुत्साहन शीर्षकमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको छ ।

फागुन ८ गते मृतकको आमाको तर्फबाट आठ जनाविरुद्ध पूरक जाहेरी परेको छ । जसमा अपहरण गरेर नियन्त्रणमा लिइ सामूहिक रुपमा जबरजस्ती करणी गरेर हत्या गरेको आरोप छ । त्यसमै पञ्चायतीद्जवारा लेनदेन गरी मिलापत्र गर्न खोजेको अन्तर्गतको कसूर पनि छ । ती आठै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यसमध्ये पञ्चायतीमा संलग्न तीन जना पक्राउ परिसकेका छन् । पीडकलाई पक्राउ गरेर छिटो भन्दा छिटो कारबाहीको दायरामा ल्याउने गरी प्रहरीले काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
रामेछाप पहिरो अपडेट: थप एक जनाको शव भेटियो, ३ जनाको खोजी कार्य जारी
रामेछाप पहिरो अपडेट: थप एक जनाको शव भेटियो, ३ जनाको खोजी कार्य जारी
प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै
प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा सांसद राईको बयान
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा सांसद राईको बयान
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ
सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल
बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
पूर्व गृहमन्त्री रमेश लेखक रिहा