इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि
१८ फागुन, काठमाडौं । इजरायलले युद्धविरामको अवधि ४२ दिन बढाएको छ । युद्धविरामको पहिलो चरण समाप्त भएको दिनदेखि नै इजरायलले युद्धविरामको अवधि थप गरेको हो । हमास र इजरायलबीच सन् २०२५ को जनवरी १९ देखि युद्धविराम कार्यान्वयन भएको थियो ।
यसको पहिलो चरण मार्च १ शनिबारको मध्यरातिबाट समाप्त भएको थियो । तर लगत्तै युद्धविरामको लम्बाउने घोषणा इजरायलले गरेको जनाएको छ । युद्धविराम लम्ब्याउने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले राखेका थिए । त्यसमा इजरायलका प्रधानमन्त्री नेता न्याहु सहमत भएका हुन् ।
मजान लगायतका चाडपर्वलाई समेत मध्यनजर गरी इजरायलले युद्धविरामको अवधि थपेको जनाएको छ । यसबीचमा दोस्रो चरणको युद्धविरामबारे छलफल हुने छ । यदि त्यो छलफल विफल भएमा इजरायलले ४२ दिनपछि पुनः हमासमाथि आक्रमण सुरु गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment