हङकङको युनलङमा ७ वटा गाडी ठोकिए, एक जनाको मृत्यु, ६ घाइते

१५ फागुन, बिहीबार हङकङको युनलङ राजमार्गमा सात वटा कार ठोकिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बिहान साढे ७ बजेतिर सापपाट ह्युङको चोकनजिकैको युनलङ राजमार्गमा चार वटा निजी कार र तीन वटा ट्रक ठोकिएका हुन्।

दुर्घटनामा एउटा ट्रकका चालकको मृत्यु भएको हो। बेहोस अवस्थामा उद्धार गरी पोकओई अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृत घोषित गरेको द स्ट्यान्डर्डले जनाएको छ। घाइते हुने अन्य ६ जनामा तीन पुरुष, दुई महिला र एक बालक छन्। उनीहरूको उपचार भइरहेको छ।

Related posts:
इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प...



Post Comment