घट्यो सुनको मूल्य, तोलामा १,७०,३०० रुपैयाँ कायम
१५ फागुन, नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ घटेर सो मूल्य कायम भएको जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदी बिहीबार ५ रुपैयाँ बढेर १ हजार ९४५ रुपैयाँ कायम भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment