Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १४, २०८१
|
|
७८ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता

सारांश

  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री देउवाले बुधबार साइडलाइन भेटवार्ताका क्रममा उच्चायुक्तसँग भेटवार्ता गरेकी हुन् ।
  • भेटका अवसरमा परराष्ट्रमन्त्रीले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपाल प्रतिबद्ध रही आएको बताएकी थिइन् ।
  • उनले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको जानकारी गराउँदै नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको स्पष्ट गरेकी थिइन् ।

 

१४ फागुन,  परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री देउवाले बुधबार साइडलाइन भेटवार्ताका क्रममा उच्चायुक्तसँग भेटवार्ता गरेकी हुन् ।

भेटका अवसरमा परराष्ट्रमन्त्रीले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपाल प्रतिबद्ध रही आएको बताएकी थिइन् । उनले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका

रुपमा व्यवस्था गरेको जानकारी गराउँदै नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको स्पष्ट गरेकी थिइन् । मन्त्री देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न संक्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माण गरेर नेपाल सरकार तदारुकताका साथ अघि बढेको जानकारी दिँदै संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
गरिमा हत्या प्रकरण : चौथो दिन पनि वीरगञ्ज–पथलैया सडक ठप्प
गरिमा हत्या प्रकरण : चौथो दिन पनि वीरगञ्ज–पथलैया सडक ठप्प
स्याङ्जामा विभिन्न मुद्दाका आठ फरार कसुरदार पक्राउ
स्याङ्जामा विभिन्न मुद्दाका आठ फरार कसुरदार पक्राउ
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य
मुख्यमन्त्री थापालाई विश्वासको मत दिन र नदिन राप्रपामा बेग्लाबेग्लै ह्वीप
मुख्यमन्त्री थापालाई विश्वासको मत दिन र नदिन राप्रपामा बेग्लाबेग्लै ह्वीप
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
सुरक्षित मातृत्व कार्यक्रम किन जीवनरक्षक छ ?
सुरक्षित मातृत्व कार्यक्रम किन जीवनरक्षक छ ?
कांग्रेस र एमालेले एक अर्काको घर जलाएको बालेनको आरोप
कांग्रेस र एमालेले एक अर्काको घर जलाएको बालेनको आरोप
सिमरामा जेनजीको प्रदर्शन स्थगित, अवस्था सामान्य बन्दै
सिमरामा जेनजीको प्रदर्शन स्थगित, अवस्था सामान्य बन्दै