पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित

सारांश

  • ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारको विरोध र पक्षमा प्रदर्शन चर्किएपछि प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा टोली खटिएको छ ।
  • पाथीभरा मुकुम्लुङ क्षेत्रमा केबलकारको विरोधमा रहेको पक्षले बिहीबार प्रदर्शन गर्दै निर्माणस्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो ।
  • झडपमा १२ प्रहरीसहित १३ जना घाइते भएका थिए ।

९ फागुन, विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारको विरोध र पक्षमा प्रदर्शन चर्किएपछि प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा टोली खटिएको छ । पाथीभरा मुकुम्लुङ क्षेत्रमा केबलकारको विरोधमा रहेको पक्षले बिहीबार प्रदर्शन गर्दै निर्माणस्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । झडपमा १२ प्रहरीसहित १३ जना घाइते भएका थिए ।

बिहीबार नै मानव अधिकारकर्मी र रेडक्रसकर्मी सवार गाडीमा नो केबलकार पक्षले आक्रमण गरेको थियो । सो समूहको आक्रमणबाट सवारी चालक घाइते भएका छन् । प्रहरीका अनुसार पाथीभरा क्षेत्रमा केबलकार बनाउनु  पर्ने पक्ष र विपक्षमा रहेको समूह भेला भएका छन् । अवस्था जटिल बन्ने देखिएपछि प्रदेश प्रहरी कार्यालयबाट  समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालको नेतृत्वमा टोली खटिएको हो । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारीका अनुसार दुवैपक्षसँग समन्वय गरेर अवस्था सामान्य बनाउनका लागि प्रदेशबाट टोली खटिएको हो । टोलीले पाथीभरा क्षेत्रको बस्तुस्थीति पनि अध्ययन गर्नेछ । पक्ष र विपक्षको समूह भेला भएपछि प्रहरीले पाथीभरा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

प्रहरी स्रोतका अनुसार नो केबलकार पक्षका करिब ३ सय जना पाथीभरा क्षेत्रमा छन् । यो समूहमा  राष्ट्रिय मुक्ती पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र महतो पनि सहभागी छन् । केबलकार बनाउनुपर्छ भन्ने पक्षका करिब २ सय जना छन् । पक्षमा रहेको समूह केबलकार बनाउनुपर्ने अडानमा छ भने विपक्षमा रहेको समूह कुनैपनि हालतमा रोक्नुपर्ने अडानमा छ । पक्ष र विपक्षबीच झडपको स्थीति बनेपछि निर्माण क्षेत्रमा रहेको जेसिबी फिर्ता ल्याइएको छ । सरकारले गठन गरेको वार्ता समिति र नो केबलकार पक्षबीचको छलफल निष्कर्षमा नपुगेपछि पहिचानवादीहरु पाथीभरा क्षेत्रमा पदयात्रा गर्ने भन्दै पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार
धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार
नेपाल स्वास्थ्य विज्ञानको उद्गम भूमि हो: प्रधानमन्त्री ओली
नेपाल स्वास्थ्य विज्ञानको उद्गम भूमि हो: प्रधानमन्त्री ओली
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने
संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने
भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने
भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
     मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना   
     मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना   
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृ*त फेला
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृ*त फेला
कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही
कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही