Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हाँडीगाउँका विभिन्न रुटमा एकतर्फी प्रणाली लागू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन ७, २०८१
|
|
६८ पटक हेरिएको
Shares
हाँडीगाउँका विभिन्न रुटमा एकतर्फी प्रणाली लागू

सारांश

  • हाँडी गाउँका विभिन्न रुटमा काठमाडौँ महानगरपालिकाले आजदेखि एकतर्फी प्रणाली लागू गरेको छ ।
  • पुस ५ गते बसेको महानगरको भवन व्यवस्था समितिको बैठकले आजदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।
  •  सुरुवाती दिनमा चालकहरू रुटको बारेमा अलमलमा पर्ने भएकाले नगर प्रहरी परिचालन गरी ट्राफिक डाइभर्ट गर्ने काम भइरहेको छ ।

७ फागुन, काठमाडौँ ।

हाँडी गाउँका विभिन्न रुटमा काठमाडौँ महानगरपालिकाले आजदेखि एकतर्फी प्रणाली लागू गरेको छ । पुस ५ गते बसेको महानगरको भवन व्यवस्था समितिको बैठकले आजदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । सुरुवाती दिनमा चालकहरू रुटको बारेमा अलमलमा पर्ने भएकाले नगर प्रहरी परिचालन गरी ट्राफिक डाइभर्ट गर्ने काम भइरहेको छ ।

आजदेखि काठमाडौँ महानगरपालिका–५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग,  हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाइने भएको छ । विशाल नगरतर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फमात्र प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ ।

हाँडी गाउँ हुँदै ढुंगेधारातर्फ प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट जान मिल्ने बनाइएको छ भने नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने गरी ठाउँ ठाउँमा ‘वान वे’ को बोर्ड राखिएको छ ।

ढुंगेधाराबाट हात्ती महाङ्कालतर्फ पनि प्रवेश निषेध गरिएको छ भने वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ पनि प्रवेश निषेध गरिएको छ । बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बाल मन्दिरतर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया
मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया
अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी
अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
आईसिसी विश्वकप लिग–२ घरेलु मैदानमा यूएईको लज्जास्पद हार
आईसिसी विश्वकप लिग–२ घरेलु मैदानमा यूएईको लज्जास्पद हार
सुन चोरीको विषयमा विवाद हुँदा बालकको हत्या
सुन चोरीको विषयमा विवाद हुँदा बालकको हत्या
कालीगण्डकी गाउँपालिकाले माग्यो आन्दोलित शिक्षकको राजीनामा
कालीगण्डकी गाउँपालिकाले माग्यो आन्दोलित शिक्षकको राजीनामा
अर्को उद्धार टोली लिएर काठमाडौँ आइपुग्यो दक्षिण कोरियाली सैन्य विमान
अर्को उद्धार टोली लिएर काठमाडौँ आइपुग्यो दक्षिण कोरियाली सैन्य विमान
बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौं–सांसद गौतम
बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौं–सांसद गौतम