९ चैत्र २०८२, सोमबार

माछा मार्न गएका २५ वर्षीय युवक नदीमा बेपत्ता

 


४ फागुन, कालीकोटको तिलागुफामा माछा मार्ने क्रममा एक युवक नदीमा बेपत्ता भएका छन्। स्थानीय तीला नदीमा डुबेर तीलागुफा नगरपालिका–४ राँचुलीका २४ वर्षीय भोजनबहादुर शाही बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

शनिबार बिहान १० बजे उनी माछामार्न भन्दै तीला नदीमा गएका थिए। त्यसक्रममा उनी नदीमा डुबेर बेपत्ता भएका हुन्। स्नीयवासी र प्रहरी टोलीले खोजी गर्दा पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीले जानकारी दिए।

Post Comment

छुटाउनुभयो कि ?