पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
१७ पटक हेरिएको
Shares
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ

सारांश

  • पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ ।
  • सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको गठजोडमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना भएको पाइएको हो ।
  • पोखरा नयाँबजारमा प्रमुख कार्यालय रहेको सहकारीको रकम अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहालसहितको कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएको हो ।

१९ कात्तिक, पोखरा ।

पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ । सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको गठजोडमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना भएको पाइएको हो । पोखरा नयाँबजारमा प्रमुख कार्यालय रहेको सहकारीको रकम अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहालसहितको कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएको हो ।

उनीहरू पक्राउ परेका छन् । सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चालक समिति सदस्य दोर्जे तामाङ पनि पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले अध्यक्ष, व्यवस्थापकसहित वर्तमान तथा पूर्व पदाधिकारीलगायतलाई अनियमित ढंगले दुरुपयोग गरेको र साथ दिएको आरोपमा पक्राउ गरेको हो । प्रहरीले जरुरी पक्राउ पुर्जीका आधारमा उनीहरूलाई बुधबार बिहान पक्राउ गरी अनुसन्धान थालेको हो । उनीलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए । सञ्चालक समितिका पदाधिकारी, व्यवस्थापकसमेतका व्यक्तिहरूको गठमेलमा सहकारीको सिद्धान्त र मूल्य मान्यताहरूको बर्खिलाप गरी बचतकर्ताहरुको हितविपरित रकम हिनामिना गरेको पाइएको हो ।

सहकारी संस्थालाई दुरुपयोग गरी बचत रकम अपचलन गरी कसुरबाट प्राप्त रकम हो भन्ने जानीजानी सोही रकमको ब्यवस्थापन गर्ने मनसायले पूर्वयोजना बमोजिम अपचलन भएको निश्कर्ष रजिस्ट्रारको कार्यालयको गरेको अध्ययन प्रतिवेदनले जनाएको छ । विभिन्न काल्पलिक खाताहरू खोली सहकारी संस्था तथा विभिन्न व्यक्तिहरूको रकम अपचलन गरेको, ऋणका नाउँमा रकम निकासी गराई गरेको हिनामिना, सहकारी ऐन कानुन विपरीत सहकारीका कोषहरु हिनामिना, सञ्चालक समितिका पदाधिकारीहरुका नाउँमा ऋणीका तर्फबाट सम्पत्ती ल्याई गरेको ऋण हिनामिना गरेको पाइएको हो । शेयर सदस्य र ऋणी तथा सहकारीलाई ठगी गरी जोरजम्मा गरेको रकमबाट अबैधानिक लाभ उठाउने कामसमेत वर्तमान र पूर्वपदाधिकारी तथा व्यवस्थापकले गरेका छन् । सहकारीको रकम ब्यक्तिगत लाभका लागि प्रयोग गरेर समस्या उजागर भइसकेपछि घटना बाहिर आउन नदिन मिलान गर्ने नाममा फेरि पनि बदमासी भएको देखिएको छ ।

सहकारी संस्थामा हिनामिनामा संलग्न समेतले सहकारी ऐन अन्तर्गतको कसुर गरी आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोत लुकाउनको काल्पनिक खाता खोलिएको पाइएको छ । विभिन्न नाममा काल्पलिक ऋण तथा पेश्की खाताहरू खोली कारोबारसमेत गरिएको थियो । ऋणका नाउँमा रकम निकासी गराई अपचलन तथा हिनामिना गराउने, सुरक्षण हिनामिना गर्ने, विभिन्न ब्यक्तिलाई ठगी गरेको रकमबाट निजी सम्पत्ती आर्जनमा रकम प्रयोग गर्नेजस्ता कार्यहरु गरेको पाइएको रजिस्ट्रारको कार्यालयले जनाएको छ । सहकारीको रकम हिनामिना गर्ने पूर्व तथा वर्तमान पदाधिकारी, सञ्चालक सदस्य र व्यवस्थापकलाई सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमासमेत अनुसन्धान गर्न वित्तीय विश्लेषक निर्मल गौतमले गरेको प्रतिवेदनले सिफारिस गरेको छ । २०७८ भदौ ६ गते सुरेन्द्रबहादुरको नेतृत्वमा पछिल्लो सञ्चालक समिति निर्वाचित भएको थियो । त्यसअघि आशबहादुर गुरुङ, फणिन्द्रराज शर्मा, विजय महर्जन अध्यक्ष थिए । महर्जनकै अध्यक्षतामा २०५९ साल वैशाख १२ गते सहकारी स्थापना भएको थियो ।

मिति २०८२ जेठ १४ गतेसम्मको अन्तिम दैनिक कारोबार बन्दीमा कायम भएको आंकडालाई छानबिनको आधार बनाइएको थियो । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी जेठ ११ गते छानबिनको लागि पत्राचार गरेको हो । पोखरा बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय, पोखरा–०९ छ । सहकारीको कार्यक्षेत्र कास्की जिल्लाभरि थियो । सहकारी संस्थाले हाल कुल ३ हजार ५६ शेयर सदस्यहरुले कारोबार गरिरहेको सहकारीको सिस्टमको अभिलेख बमोजिम देखिन आएको छ । रजिस्ट्रार कार्यालयबाट छानबिन प्रतिवेदनसहित पत्राचार भएपछि प्रहरी कार्यालय कास्कीले प्रक्रिया अगाडि बढाएको प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिए । प्रतिवेदनमा सहकारी ठगीमा प्रमुख भूमिका देखिएका ७ जनालाई बुधबार बिहान पक्राउ गरी म्याद थपका लागि अदालतमा पेश गरिने एसपी कार्कीले बताए । पक्राउ परेका व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउने र अन्य रकम अपचलनमा संलग्नलाई पनि पक्राउ गरी कानुनी दायरामा ल्याउने तयारी प्रहरीले गरेको छ । पोखरामा सूर्यदर्शन, प्राइम, विन्ध्ववासिनी, मित्रमिलन, इमेज, बलिदानी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना भएर अनुसन्धानकै प्रक्रियामा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली याक्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित
कर्णाली याक्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित
सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
माओवादी केन्द्रले बनायो दुई कार्यदल
माओवादी केन्द्रले बनायो दुई कार्यदल
उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने
उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने
यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा
यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा
प्रधानमन्त्री कप : कोसी प्रदेशमाथि एपीएफको जित
प्रधानमन्त्री कप : कोसी प्रदेशमाथि एपीएफको जित
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी
समाचारको आडमा जुवाको प्रचार, एनपीएलको ‘न्युज पार्टनर’ डाफा न्युजमाथि कारबाहीको तयारी