छिमेकीको हत्यागरी भागेका सन्तबहादुर १४ वर्षपछि रूपन्देहीबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
छिमेकीको हत्यागरी भागेका सन्तबहादुर १४ वर्षपछि रूपन्देहीबाट पक्राउ

सारांश

  • कर्तव्य ज्यानका अभियुक्तलाई पाल्पा प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ ।
  • २०६८ साल मंसिर ११ गते माथागढी १ पाल्पाका १८ वर्षिय नरविर नेपालीको हत्या अभियोग लागेका ५७ वर्षीय सन्तबहादुर सार्कीलाई पाल्पा प्रहरीले हिजो रूपन्देहीको सिद्वार्थ नगर स्थित बेलही बसपार्कबाट पक्राउ गरेको हो ।
  • मृतक नेपाली र अभियुत्त सार्की छिमेकी हुन् ।

२६ जेठ, दाङ ।

कर्तव्य ज्यानका अभियुक्तलाई पाल्पा प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । २०६८ साल मंसिर ११ गते माथागढी १ पाल्पाका १८ वर्षिय नरविर नेपालीको हत्या अभियोग लागेका ५७ वर्षीय सन्तबहादुर सार्कीलाई पाल्पा प्रहरीले हिजो रूपन्देहीको सिद्वार्थ नगर स्थित बेलही बसपार्कबाट पक्राउ गरेको हो ।

मृतक नेपाली र अभियुत्त सार्की छिमेकी हुन् । जिप्रका पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लका अनुसार सार्की यसअघि भारतमा बस्दै आएका उनी नेपाल आउँदै गरेको सूचनाका आधारमा पाल्पाबाट प्रहरी रूपन्देही पठाइएको थियो । पाल्पा जिल्ला अदालतबाट आज ६ दिनको म्याद लिएर उनीमाथी ज्यान सम्बन्धीको कसुरमा अनुसन्धान थालिएको डीएसपी मल्लले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?