Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मध्यराति होटलमा तास खेलिरहेका ९ जना पक्राउ, झन्डै २ लाख नगद बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
३९ पटक हेरिएको
Shares
मध्यराति होटलमा तास खेलिरहेका ९ जना पक्राउ, झन्डै २ लाख नगद बरामद

सारांश

  • डडेल्धुराको आलिताल गाउँपालिका-३ की २८ वर्षीया पूजा खड्काले धनगढी उपमहानगरपालिका-४ मा सञ्चालन गरेको होटल सोल्टीबाट राति साढे ११ बजे तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
  • प्रहरीका अनुसार होटल सञ्चालक खड्का, आलिताल-७ का ४९ वर्षीय गणेश थापा, अजयमेरु गाउँपालिका–३ का ३७ वर्षीय ईश्वर पाण्डे, बैतडीको सिगास गाउँपालिका-३ की २५ वर्षीया हिमा धामी र पुर्चौडी नगरपालिका-८ का ५५ वर्षीय कालु सिंह धामीलाई तास खेलेको अवस्थामा पक्राउ गरिएको हो।
  • यस्तै बैतडीको पाटन नगरपालिका-४ का ४१ वर्षीय सुरेन्द्र ऐर, कैलालीको गौरीगंगा नगरपालिका-९ का ४१ वर्षीय लक्ष्मण खड्का, बझाङको थलारा गाउँपालिका-३ का ३० वर्षीय मिन बहादुर भण्डारी र दुर्गाथली गाउँपालिका-८ का ४३ वर्षीय सुरज दौल्याल पनि पक्राउ परेका छन्।

 

२ फागनु, कैलालीमा तास खेलिरहेको अवस्थामा बिहीबार राति ९ जना पक्राउ परेका छन्। डडेल्धुराको आलिताल गाउँपालिका-३ की २८ वर्षीया पूजा खड्काले धनगढी उपमहानगरपालिका-४ मा सञ्चालन गरेको होटल सोल्टीबाट राति साढे ११ बजे तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार होटल सञ्चालक खड्का, आलिताल-७ का ४९ वर्षीय गणेश थापा, अजयमेरु गाउँपालिका–३ का ३७ वर्षीय ईश्वर पाण्डे, बैतडीको सिगास गाउँपालिका-३ की २५ वर्षीया हिमा धामी र पुर्चौडी नगरपालिका-८ का ५५ वर्षीय कालु सिंह धामीलाई तास खेलेको अवस्थामा पक्राउ गरिएको हो।

यस्तै बैतडीको पाटन नगरपालिका-४ का ४१ वर्षीय सुरेन्द्र ऐर, कैलालीको गौरीगंगा नगरपालिका-९ का ४१ वर्षीय लक्ष्मण खड्का, बझाङको थलारा गाउँपालिका-३ का ३० वर्षीय मिन बहादुर भण्डारी र दुर्गाथली गाउँपालिका-८ का ४३ वर्षीय सुरज दौल्याल पनि पक्राउ परेका छन्।  वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट एक लाख ९७ हजार ६ सय ७२ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?