संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयास हुँदैछ: प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
३५ पटक हेरिएको
Shares
संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयास हुँदैछ: प्रचण्ड

सारांश

  •   तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालित सशस्त्र सङ्घर्षको ३० औँ वर्ष प्रवेशका सन्दर्भमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निस्तेज पारिने बताए।
  • ‘अहिले पनि दुई वर्ग र प्रवृत्तिकाबीचमा सङ्घर्ष चलिरहेकै छ।
  • हामीले धेरै वर्ष पहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि यसलाई जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आँकलन गरेका थियौँ, आज त्यही स्थिति बनेको छ’, अध्यक्ष दाहालले भने, ‘एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लगेरै छाड्छौँ।

१ फागुन,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने बताएका छन्।  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालित सशस्त्र सङ्घर्षको ३० औँ वर्ष प्रवेशका सन्दर्भमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निस्तेज पारिने बताए।

‘अहिले पनि दुई वर्ग र प्रवृत्तिकाबीचमा सङ्घर्ष चलिरहेकै छ। हामीले धेरै वर्ष पहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि यसलाई जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आँकलन गरेका थियौँ, आज त्यही स्थिति बनेको छ’, अध्यक्ष दाहालले भने, ‘एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लगेरै छाड्छौँ।’

माओवादीले समुदायतर्फ फर्कदै जनताका ‘एजेण्डा’लाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेको उनको भनाई थियो। राजनीतिक तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले महसुस गर्नेगरी जनताको जीवन परिवर्तन गर्ने प्रयासमा पार्टी जुट्नुपर्ने उनले बताए।  त्यसअवसरमा अध्यक्ष दाहाललगायत माओवादी नेताहरुले पार्टी कार्यालय परिसमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै
मलंगवामा आज मदिरा र माछामासु बिक्री वितरणमा रोक
मलंगवामा आज मदिरा र माछामासु बिक्री वितरणमा रोक
अछामको साफेबगर हाटबजारमा आगलागी, १० पसल जले
अछामको साफेबगर हाटबजारमा आगलागी, १० पसल जले
मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता
मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता
पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु
पत्रकार सम्मेलनमा गोली चल्दा हाइटीमा दुई पत्रकारसहित तीन जनाको मृत्यु
विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन
विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन
पोखरामा रविको निवेदनमाथि आज तेस्रो दिन सुनुवाइ, के होला आदेश ?
पोखरामा रविको निवेदनमाथि आज तेस्रो दिन सुनुवाइ, के होला आदेश ?
डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का एक घाइते, चालक फरार
डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का एक घाइते, चालक फरार
नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी
नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी
ठूला आयोजना अलपत्र परेर जागिर खाने ठाउँमात्र बनाए : ऊर्जामन्त्री खड्का
ठूला आयोजना अलपत्र परेर जागिर खाने ठाउँमात्र बनाए : ऊर्जामन्त्री खड्का