भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने जसपाको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने जसपाको निर्णय

सारांश

  • मंगलबार बसेको जसपा संसदीय दलको बैठकले अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
  • जसपाका राष्ट्रिय सभाका सांसद मृगेन्द्रकुमार सिंहका अनुसार स्वीकृतिका लागि अध्यादेश सदनमा पेश हुँदा भूमिसम्बन्धी अध्यादेशको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने देशसञ्चारलाई जानकारी दिए।
  • संसद नचलिरहेको अवस्थामा सरकारले सहकारी सम्बन्धी सहित ६ वटा अध्यादेश जारी गरेको थियो।

२९ माघ,  काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)ले सरकारले ल्याएका छ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। मंगलबार बसेको जसपा संसदीय दलको बैठकले अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

जसपाका राष्ट्रिय सभाका सांसद मृगेन्द्रकुमार सिंहका अनुसार स्वीकृतिका लागि अध्यादेश सदनमा पेश हुँदा भूमिसम्बन्धी अध्यादेशको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने देशसञ्चारलाई जानकारी दिए। संसद नचलिरहेको अवस्थामा सरकारले सहकारी सम्बन्धी सहित ६ वटा अध्यादेश जारी गरेको थियो। संघीय संसदको पहिलो बैठक बसेको माघ १८ गते ६ वटै अध्यादेश संसदमा पेश भएपनि स्वीकृतिका लागि भने पेश हुन सकेको छैन प्रतिनिधि सभामा सत्तापक्ष कांग्रेस एमालेको दुईतिहाइ नजिक बहुमत भएपनि राष्ट्रिय सभामा भने जसपा

निर्णायक हुँदा सरकारले स्वीकृतिका लागि अध्यादेश पेश गर्न सकेको छैन। यसअघि पटकपटक अध्यादेश स्वीकृतिका लागि पेश गर्ने तयारी गरे पनि जसपा अनिर्णित हुँदा अध्यादेशबारे अध्ययन गर्न जसपाले सांसद राजकिशोर यादवको नेतृत्वमा पाँच सदस्य कार्यदल बनाएर अध्ययन गरेको थियो। अध्ययनको सुझाव अनुसार मंगलबार बसेको संसदीय दलको बैठकले निर्णय गरेको सिंहले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
दाङमा टिपरको ठक्करबाट‌ एकको मृत्यु, आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध
दाङमा टिपरको ठक्करबाट‌ एकको मृत्यु, आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध
पाँच वटा संसदीय समितिको बैठक बस्दै 
पाँच वटा संसदीय समितिको बैठक बस्दै 
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, २ जनाको मृ*त्यु
बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, २ जनाको मृ*त्यु
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
आधारभूत कक्षामा विद्यार्थीको सङ्ख्या शून्य
आधारभूत कक्षामा विद्यार्थीको सङ्ख्या शून्य
देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ: प्रधानमन्त्री
देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ: प्रधानमन्त्री
सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा
सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा